site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सम्झौताअनुसार खोप उपलब्ध गराउन एष्ट्राजेनिकालाई ईयूको आग्रह
Sarbottam CementSarbottam Cement

बीबीसी । युरोपेली संघ (ईयू)ले खोप निर्माता कम्पनी एष्ट्राजेनिकालाई सम्झौताअनुसार खोप उपलब्ध गराउन आग्रह गरेको छ । बुधबार सदस्य राष्ट्रका प्रतिनिधिहरुबीच भएको बैठकपछि युरोपेली आयोगकी प्रमुख उर्सुला भेन डेर लेयेनले सम्झौताअनुसार खोप उपलब्ध गराउन कम्पनीलाई अनुरोध गरेकी हुन् ।

पछिल्लो समय संक्रमण बढेसँगै ईयू राष्ट्रहरुमा कोरोना खोपको कमी हुँदै गएको छ । बाचाअनुरुप खोप उपलब्ध नगराएको भन्दै ईयूले खोपको कमी हुनुमा मुख्यतः एष्ट्राजेनिकालाई जिम्मेवार ठहर्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कम्पनीले अन्यत्र खोप निर्यात गर्नुपूर्व ईयूका सदस्य राष्ट्रहरुसँग गरेको सम्झौता पालना गर्नुपर्छ,” आयोगकी प्रमुख लेयेनले भनिन्, “हामी हाम्रा युरोपेली नागरिकले आफ्नो भागको उचित हिस्सा पाउँछन् भन्ने सुनिश्चित गराउन चाहान्छौं ।”

यद्यपि, एष्ट्राजेनिकाले भने सम्झौताअनुसार खोप उपलब्ध गराउन कम्पनी नचुकेको जिकिर गरेको छ । ईयूले खोपमाथि ‘नियन्त्रण’ गरेको भन्दै विश्व स्वास्थ्य संगठन र बेलायतलगायतले ईयूको ‘भ्याक्सिन राष्ट्रवाद’को आलोचना गरेका छन् ।

Global Ime bank

यसैबीच, फ्रान्सका प्रधानमन्त्री इम्यानुयल म्याक्रोनले ईयूले खोप निर्यात नियन्त्रण गर्नुपर्ने बताएका छन् । एष्ट्राजेनिकालाई इंगित गर्दै उनले केही राष्ट्रले सम्झौताअनुसार खोप उपलब्ध नगराएसम्म खोप निर्यातमा नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC