site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एष्ट्राजेनिकाको खोप निर्यातमा भारतले लगायो अस्थायी रोक
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतले अक्सफोर्ड–एष्ट्राजेनिका कोरोनाभाइरसविरुद्धको खोप निर्यातमा अस्थायी रोक लगाएको छ । बढ्दो संक्रमणका कारण आगामी केही साता भारतमा आन्तरिक खपत बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको हो ।

यो निर्णय आजदेखि नै लागु हुने भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतको यो कदमले विशेषगरी कोभ्याक्स कार्यक्रमलाई प्रभावित गर्ने अनुमान गरिएको छ । कोभ्याक्स कोरोनाविरुद्धको खोपमा विश्वका सबै राष्ट्रको समान पहुँच पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले सुरु गरेको खोप कार्यक्रम हो ।

भारतले हालसम्म ७६ देशहरुमा ६ करोडभन्दा बढी डोज कोरोनाविरुद्धको खोप निर्यात गरिसकेको छ । जसमा सबैभन्दा धेरै मात्रा अक्सफोर्ड–एष्ट्राजेनिकाकै रहेको छ । यसअघि नै भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्टिच्युट (एसआईआई)ले खोप दिन ढिलाइ गर्दा बेलायत र ब्राजिललगायतका देशहरुमा खोप कार्यक्रम प्रभावित भएको थियो ।

Global Ime bank

भारतले किन चाल्यो यस्तो कदम ?
हिजो भारतमा यो वर्षकै सबैभन्दा धेरै ४७ हजार नयाँ संक्रमित थपिएपछि भारतले खोप निर्यातमा अस्थायी रोक लगाएको हो । हिजो एकैदिनमा यहाँ कोरोनाका कारण २७५ जनाको मृत्यु भएको थियो ।

अप्रिल १ तारिखदेखि भारतले ४५ वर्षमाथिका मानिसलाई खोप दिने तयारी गरेको छ । संक्रमणसमेत बढ्दै गएकाले भारतमा खोपको माग बढ्ने आँकलन गरिएको छ ।

यस निर्णयका विषयमा खोप उत्पादक कम्पनी एसआईआईले भने कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख छ । गत जनवरीमा एसआईआईले मार्च महिनादेखि मासिक १० करोड डोज खोप उत्पादन गर्ने दाबी गरेको थियो । यद्यपि, कम्पनीले पुरानै परिमाणमा मासिक ६–७ करोड डोज मात्र उत्पादन गरिरहेको समाचारमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC