site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सर्वसाधारलाई हतियार राख्न नदिने तयारीमा अमेरिका
फाइल तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणसम्बन्धी कानुन यथाशीघ्र पास गराउन सांसदहरुलाई आग्रह गरेका छन् । पछिल्लो एक हप्तामा दुईवटा बन्दुक आक्रमण भएसँगै बाइडेनले यस्तो आग्रह गरेका ह्वाइट हाउस स्रोतलाई जनाउँदै बीबीसीले उल्लेख गरेको छ ।

यहाँको हाउस अफ रिप्रिजेन्टेटिभबाट गएको मार्च ११ मा पारित भएका दुईवटा विधेयक पारित गर्न उनले सिनेटसमक्ष आग्रह गरेका हुन् । उक्त विधेयक पास भएमा हतियार बिक्रेताको पृष्ठभूमि जाँच्ने अधिकारको दायरालाई थप बढाउने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“भविष्यमा थुप्रै जीवनको रक्षा गर्ने सामान्य ज्ञानको यस विषयमा कदम चाल्न मलाई एक मिनेट पनि प्रतीक्षा गर्न जरुरी छैन,” बाइडेनले भने, “यस विषयमा गम्भीर कदम चाल्न म सिनेट र हाउसका मेरा सहकर्मीहरुसँग आग्रह गर्दछु ।” आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटक–पटक दोहोर्‍याएका थिए ।

गएको सोमबार कोलोराडोस्थित सुपरमार्केटमा एक बन्दुकधारीले १० जनाको ज्यान लिने गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसको ६ दिनअघि एटलान्टामा पनि अर्का एक व्यक्तिले त्यसैगरी आठजनाको ज्यान लिएका थिए ।

Global Ime bank

विश्वका अन्य विकसित देशमा भन्दा अमेरिकामा सबैभन्दा धेरै आम मानिसले लाइसेन्स लिएर बन्दुक बोक्ने गरेका छन् । ‘गन भाएलेन्स अर्काइभ’का अनुसार गत वर्ष अमेरिकामा बन्दुक आक्रमणबाट मात्र ४३ हजारको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC