site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति पुटिनले लगाउने कोरोना खोपको नाम गोप्य राखिने !
Ghorahi CementGhorahi Cement

मस्काउ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले प्रयोग गर्ने कोरोना खोपको नामबारे कुनै खुलासा नगरिने र सबै जानकारी गोप्य राखिने क्रेमलिनले जनाएको छ । पुटिनले मंगलबार बेलुकातिर खोप लगाउने निर्धारित गरिएको छ । 

रुसी प्रशासन क्रेम्लिनका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन्, “हामीले थाहा पाएरै राष्ट्रपतिले लगाउने खोप गोप्य राख्ने निर्णय गरेका हौँ । र यससँगै रुसमा निर्मित तीनवटै खोप पूर्णरुपमा विश्वसनीय अनि प्रभावकारी भएकामा पनि हामी जोड दिन चाहन्छौँ ।” 

Agni Group

उनले र पुटिनले खोप लगाउने सम्बन्धी खबर एक दिन अगाडि मात्र सार्वजनिक भएको थियो र मंगलबार बेलुकी नै रुसमा निर्मित तीन मध्येको एउटा खोप प्रयोग गर्ने बताइएको छ । पेस्कोभका अनुसार रुसमा उत्पादन भएका खोपको पुटिनले पर्याप्त प्रचार गरिसकेका छन् । र उनी क्यामराका अगाडि खोप लगाउन इच्छुक नभएको पनि पेस्कोभले स्पष्ट पारे ।

रुसको ‘स्पट्निक भी’ विश्वव्यापी रुपमा सबैभन्दा बढी चर्चामा आएको खोप हो । यस बाहेकका अन्य दुई स्वदेशी खोपहरु : ‘एपीभ्याककोरोना’ र ‘कोभिभ्याक’ पनि रुसमा आपत्कालीन प्रयोगका लागि स्वीकृत गरिएको छ । रोयटर्सबाट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC