site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुघा लगाउने भाइरसले कोरोनाभाइरसलाई ‘निस्तेज’ गर्ने अध्ययनको निष्कर्ष !
Ghorahi CementGhorahi Cement

बीबीसी । सामान्य रुघा लगाउने राइनोभाइरसले मानव शरीरको कोषबाट कोरोनाभाइरसलाई ‘गलहत्याइदिने’ दाबी गरिएको छ । स्कटल्यान्डस्थित ग्ल्यासगो विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको हो ।

राइनोभाइरस मानव शरीरमा निकै फैलिएर रहने हुनाले यसले कोरोनाभाइरसलाई दबाउन सक्ने उनीहरुको दाबी छ । यद्यपि, यसको फाइदा लामो समयसम्म हुँदैन र रुघा निको भएपछि पुनः कोरोनाभाइरसले आक्रमण गर्ने सम्भावना कायमै रहन्छ ।

Agni Group

केही भाइरसहरु आफू मात्र संक्रमण गराउन अन्य भाइरससँग प्रतिस्पर्धा गर्ने प्रकृतिका हुन्छन् । भाइरसले एकपटक मानव शरीरमा प्रवेश पाएपछि यसले कि अन्य भाइरस संक्रमणका लागि मार्गप्रशस्त गर्छ कि अन्य भाइरसलाई प्रवेश गर्नै दिँदैन ।

यो मामिलामा इन्फ्लुएन्जा भाइरसलाई निकै ‘स्वार्थी’ मानिएको छ । मानव शरीरमा यसले प्रवेश पाएपछि अन्य भाइरसलाई संक्रमण गर्न दिँदैन ।

Global Ime bank

ग्ल्यासगो विश्वविद्यालयको भाइरस अनुसन्धान केन्द्रका विज्ञहरुले मानिसको श्वासप्रश्वास प्रणालीको दुरुस्त नमुना बनाएर सार्स–कोभ–२ र राइनोभाइरस संक्रमण गराएका थिए ।

सार्स–कोभ–२ र राइनोभाइरस एकैपटक संक्रमण गर्दा राइनोभाइरसले मात्र संक्रमण गर्न सकेको थियो । यस्तै, राइनोभाइरस संक्रमण भएको २४ घण्टापछि वा अघि सार्स–कोभ–२ संक्रमण गराउँदा पनि सार्स–कोभ–२ माथि राइनोभाइरस हाबी भएको बताइएको छ ।

यसअघि, सन् २००९ मा युरोपका केही भागमा देखिएको स्वाइनफ्लुको महामारीलाई कम गर्न राइनोभाइरसले मद्दत गरेको पाइएको थियो । संक्रमित कोषहरुको प्रतिरक्षा क्षमता बढाउन पनि राइनोभाइरसले महत्वपूर्ण भूमिका खेल्ने अध्ययनले देखाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC