site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एष्ट्राजेनिका खोपको प्रभावकारितामाथि अमेरिकी स्वास्थ्य निकायको संशय
Sarbottam CementSarbottam Cement

वासिङ्टन डीसी । अमेरिकी स्वास्थ्य निकायले एष्ट्राजेनिकाले कोरोनाविरुद्ध खोपसम्बन्धी अपूर्ण तथ्यांक सार्वजनिक गरेको आशंका व्यक्त गरेको छ । उत्पादक कम्पनीले आफ्नो खोप पहिले अपेक्षा गरिएभन्दा धेरै प्रभावकारी देखिएको बताएको भोलिपल्टै अमेरिकी स्वास्थ्य निकायले यस्तो प्रतिक्रिया जनाएको हो ।

अमेरिका, चिली र पेरुमा ठूलो संख्यामा गरिएको परीक्षणले खोप ७९ प्रतिशत प्रभावकारी रहेको देखाएको कम्पनीले हिजो मात्र दाबी गरेको थियो । खोपको प्रयोगले रगत जम्ने समस्या देखिने भन्ने आशंकालाई समेत आँकडाहरुले गलत साबित गरिदिएको कम्पनीले जनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“एष्ट्राजेनिकाले परीक्षणको पुराना तथ्यांकलाई समावेश गरेको हुनसक्ने भन्दै डेटा सेफ्टि मोनिटरिङ बोर्ड (डीएसएमबी)ले यसको प्रभावकारिताको विषयमा चासो देखाएको छ,” नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खोपको प्रभावकारिताबारे पुनर्विचार गर्न सँगै काम गर्न एवम् नयाँ र सही तथ्यांक उपलब्ध गराउन डीएसएमबीले उत्पादक कम्पनीलाई आग्रह गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Global Ime bank

केही साताअघि यो खोप लगाएका केही मानिसमा रगत जम्ने समस्या देखा परेपछि जर्मनी, फ्रान्सलगायतका दर्जन युरोपेली मुलुकहरुले एष्ट्रजेनिकाका खोप प्रयोगमा रोक लगाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC