site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जर्मनीमा थप एक महिना लकडाउन, इस्टर पर्वमा कडा प्रतिबन्ध
Ghorahi CementGhorahi Cement

बर्लिन । जर्मनीले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्ध अप्रिल १८ सम्म लम्ब्याउने भएको छ । इस्टर पर्वलाई लक्षित गरी लगाइएको प्रतिबन्ध पर्वको समयमा थप कडाई गरिने चान्सलर एन्जेला मर्केलले जनाएकी छिन् । 

अप्रिल १–५ तारिखसम्म कडा प्रतिबन्धका साथ लकडाउन गर्न अधिकारीहरु सहमत भएका अलजजिराले जनाएको छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जर्मनीको सीमा क्षेत्रमा समेत देखिएको भन्दै यहाँको रोग नियन्त्रण केन्द्रले थप सतर्कता अपनाउन सुझाव दिएको छ ।

Agni Group

जर्मनीमा पछिल्लो एक हप्तामा प्रतिलाख जनसंख्यामा १०७ जना संक्रमित भेटिएका छन् । यो संख्या १०० भन्दा बढी भएमा ‘इन्टेन्सिभ केयर युनिट’ पूर्ण क्षमतामा नरहने यहाँको ‘रोबर्ट कोच इन्स्टिच्युट फर इन्फेक्सियस डिजिज’ले जनाएको छ । आइतबारसम्म तीन हजारभन्दा बढी संक्रमितहरु ‘इन्टेन्सिभ केयर युनिट’मा छन् । 

पाँच दिनको प्रतिबन्धको समयमा सबै पसलहरु बन्द रहने तथा ‘धार्मिक सेवा’हरु अनलाइनबाट प्रदान गरिने समाचारमा जनाइएको छ । इस्टरको अघिल्लो दिन अप्रिल ३ मा किराना पसलहरु भने खोल्न दिइने छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC