site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी रक्षामन्त्रीद्वारा अफगानिस्तान भ्रमण, सेना फिर्तीको विषयमा छलफल 
Ghorahi CementGhorahi Cement

काबुल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अफगानिस्तानको अनौपचारिक भ्रमण गरेका छन् । अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता गर्ने योजना कार्यान्वयन गर्ने मिति नजिकिँदै गर्दा अस्टिनले अफगानी राष्ट्रपति असरफ घानीसँग भेटवार्ता गरेका हुन् ।

काबुलमा घानीसँग भएको भेटवार्तामा उनले अफगानिस्तानमा जारी युद्धको ‘उत्तरदायी अन्त्य’ हुनुपर्ने बताएका बीबीसीले जनाएको छ । जारी संघर्ष अन्त्यका लागि चरम हिंसालाई रोक्नुपर्ने विषयमा ध्यानकेन्द्रित गर्नुपर्नेमा उनले जोड दिएका बताइएको छ ।

Agni Group

अस्टिन नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको मन्त्रिमण्डलबाट अफगानिस्तान भ्रमण गर्ने पहिलो सदस्य हुन् । उनी एसियाको भ्रमण गर्ने सिलसिलामा आइतबार काबुल आइपुगेका हुन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा गत वर्ष ट्रम्प प्रशासनले तालिबानसँग सम्झौता गरेको थियो । यद्यपि, राष्ट्रपति बाइडेनले तालिबानबाट सिर्जना हुने ‘परिणाम’को चेतावनी दिँदै मे १ को समयसीमामा सम्झौता सम्पन्न हुने विषयमा शंका व्यक्त गरेका छन् ।

Global Ime bank

अफगानिस्तानमा अझै दुई हजार ५०० अमेरिकी सैनिकको उपस्थिति रहेको जनाइएको छ । स्थायी सम्झौताअगावै विदेशी सेना फिर्ता भएमा तालिबानले सत्ताकब्जा गर्ने आशंका गरिएको छ ।

यस्तो छ अमेरिका–तालिवानबीचको सम्झौता
ट्रम्प प्रशासन र तालिबानले सन् २०२० फेब्रुअरीमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा हस्ताक्षर भएको १४ महिनामा अमेरिका र नाटोका सेनाहरु फिर्ता गर्ने विषय सम्झौतामा उल्लेख थियो । त्यसका लागि तालिबानले अन्य विद्रोही संगठनलाई उसको नियन्त्रण क्षेत्रमा गतिविधि गर्न नदिने र शान्तिवार्ता जारी राख्ने सर्त राखिएको थियो ।

यसअघि भएका अन्तर्राष्ट्रिय सम्झौताअनुसार तालिबानले अफगानिस्तानमा उपस्थित अन्तर्राष्ट्रिय सेनामाथिको आक्रमण बन्द गरे पनि सरकारसँगको संघर्ष जारी राखेको छ । अफगान सरकारसँग वार्ता हुने अवस्था बन्दै गर्दा तालिबानले पक्राउ परेका आफ्ना हजारौँ विद्रोही सैनिकको रिहाइको माग अघि सारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC