site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा दैनिक संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । भारतमा एक दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्याले रेकर्ड कायम गरेपछि मध्य प्रदेशको जबलपुर सहर लकडाउन गरिएको छ । शनिबार झन्डै ४१ हजारमा संक्रमण पुष्टि भएपछि जबलपुर सहर आज पूर्ण लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्को निर्णय नभएसम्म प्रत्येक आइतबार जबलपुर, भोपाल र इन्दौर सहर लकडाउन गरिने मध्य प्रदेश सरकारले निर्णय गरेको हो । यी तीन सहरका शैक्षिक संस्थाहरु आगामी मार्च ३१  तारिखसम्म बन्द रहने जनाइएको छ ।

शनिबार यहाँ एकैदिन ४० हजार ९५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या पछिल्लो १११ दिनमा सबैभन्दा धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड १५ लाख ५५ हजार २८४ पुगेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC