site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युरोपमै पहिलोपटक नागरिकलाई निःशुल्क ‘सेल्फ टेस्टिङ किट’ वितरण गर्दै ग्रीस
फाइल तस्बिर : रोयर्टस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एथेन्स । ग्रीसले आगामी महिनादेखि आफ्ना नागरिकलाई निःशुल्क ‘सेल्फ टेस्टिङ किट’ वितरण गर्ने भएको छ । कोरोनाभाइरस संक्रमणले स्वास्थ्य सेवा प्रणालीमा परेको असर कम गर्ने उद्देश्यले ग्रीसले यस्तो टेस्ट किट वितरण गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सामाजिक सुरक्षा प्रणालीमा आबद्ध सबै नागरिकलाई फार्मेसीमार्फत प्रत्येक महिना चारवटा टेस्ट किट वितरण गरिने शनिबार त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका हुन् । उक्त टेस्ट किट ९५ देखि ९९ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरिएको छ ।

नयाँ प्रकारको टेस्ट किट सहज र निःशुल्क उपलब्ध गराउनेमा ग्रीस पहिलो युरोपेली राष्ट्र बनेको यहाँको सरकारले जनाएको छ । ग्रीसमा अहिलेसम्म कोरोनाभाइरसका कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ७९ पुगेको छ भने मृतकको संख्या सात हजार ३६१ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC