site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म सपना र विपनामा केपी ओलीलाई नै देख्छु तर माधव नेपालका पक्षमा उभिन्छु 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राधाकृष्ण मैनाली, पुराना वामपन्थी नेता हुन् । उनी लामो समयदेखि सक्रिय राजनीतिबाट ओझेलमा छन् । 

हालै मात्र उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा अतिथिका रुपमा देखा परे । 

सर्वोच्च अदालतको फैसलापछि एमाले विवाद उत्कर्षमा छ । एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल दुई खेमामा विभाजित छ । 

Agni Group

यहि चैत ४–५ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित भेलामा उनी सहभागी बने । 

उनीसहितका पुराना वामपन्थी नेताहरुको उपस्थितिले चर्चा पनि पायो । राष्ट्रिय भेलामा सहभागी हुनुको उद्देश्य र पछिल्लो अवस्थाका विषयमा हामीले मैनालीसँग केही जिज्ञासा राख्यौं । 

Global Ime bank

पछिल्लो समय पार्टीका मञ्चहरुमा देखिनुहुन्नथ्यो । अलि ओझेलमा हुनुहुन्थ्यो । एकाएक देखिनुको कारण के हो ? 
पहिलो कुरा त माधवजीले बोलाउनुभयो । अर्को कुरा धेरै उत्पीडनमा पर्नुभयो । मसँग संगठित भएको एमाले हो । अहिले ओलीजीको नेतृत्वमा एमाले पुगिसकेपछि माधव, झलनाथजीलगायतको अहिलेको कार्यकर्ता भेलामा उपस्थित भएको संख्या साँच्चिकै उत्प्रेरणा बढेको छ । ओलीजीले अनाहकमा संसद् भंग गर्नुभयो । संसद फर्केर आयो त्यसको कुनै रेस्पोन्स गर्नुभएको छैन ।
त्यतिमात्र नभएर पछिल्लोपटक एमालेको विधानविपरीत गएर सम्पूर्ण केन्द्रीय कमिटीले पनि नपाउने अधिकार प्रयोग गर्दै फागुन २८ गतेको बैठकमा सबै पदाधिकारीहरुलाई खत्तम गर्नुभो, विघटन गरेर आफू मात्रै बाँच्ने । महासचिव मात्रै बाँच्ने निर्णय गर्नुभो । केन्द्रीय कमिटी बैठक विधिवत बोलाएर पदाधिकारीहरु राखेर गरेको भए पनि एउटा कुरा हुन्थ्यो । 

उहाँहरु पिडनमा पर्नुभो । चुपो लागेर, शिर निहुर्‍याएर जाने कि शिर ठाडो पारेर त्यसको विरोध गर्ने दुईवटा बिन्दुको बीचमा उहाँहरु फर्किएपछि उहाँहरुले सोच्नुभयो । 

अब शिर निहुर्‍याएर जाने होइन । ठाडो शिर पारेर विधानको पक्षमा उभिने निर्णय गर्नुभो । त्यो मलाई उचित नै लाग्यो । 

किनभने कम्युनिस्ट आन्दोलनमा मान्छेले शिर निहुर्‍याएर हिँडेर काम छैन । पहिलो कुरा स्वाभिमानलाई खडा गर्ने, दोस्रो कुरा त्यो स्वाभिमानसँग जनताको हितलाई जोड्ने । यी दुई कुरा भएमात्रै राजनीति हुन्छ । जनताको हित पनि नजोड्ने र स्वाभिमान पनि छाडेर कार्यकर्ता होइन दास मनोवृत्तिमा गयो भने त त्यो राजनीति कार्यकर्ताको ओझ पनि हुँदैन । त्यसले देश विकास पनि गर्दैन । 

इतिहास यस्तो पनि थियो । कुनै बेला माधव नेपालले कारवाही पनि गर्नुभएको थियो । आज फेरि इतिहासले माधवकै कित्तामा पुर्‍याइदियो ?

हो कारवाही गरिएको हो । म अहिले आउनेबित्तिकै माधव कित्तामा गएको पनि नभिनहालौँ । 

यही दलको कार्यकर्ता भइहालेँ पनि कुरा पनि होइन । म अतिथिको रुपमा आएको हो । म कुनै कार्यकर्ता वा नेता भएर यहाँ आएको होइन । भोलि स्थितिले त्यही ठाउँमा पुर्‍याउँदैन भन्न पनि सकिँदैन । अहिले त्यस्तो स्थिति होइन । 

फेरि पोलिटिक्समा एकचोटी भएको दुष्मनि जिन्दगीभर दुष्मनि हुन्छ भन्ने पनि होइन । ओलीजीसँगको मित्रता जेलको कठिन दिनमा घाँटीको मित्रता थियो । अहिले त्यो त रहेन । मलाई के लाग्छ भने माधवजीले कारवाही गर्दा भित्रिरुपमा चुक्ली हालेर गर्नुपर्छ भनेर पम्प दिने त ओलीजी नै हो । मलाई लाग्छ, ओलीजीको भरथेग नभएको भए माधवजीले मात्रै मलाई कारवाही गर्न सक्ने अवस्था थिएन । 

त्यसरी भित्रि जालझेल, कूटनीतिमा त ओलीजी पहिलेदेखि नै सिपालु हो । त्यो निरन्तर हुँदै आउँदा ठूलो खेमा विपक्षमा गयो । यतापट्टि माधवजीको कारवाही गरेका कुरा पुरानो हुँदै आयो । 

गणतन्त्र आएपछि ओलीजीले घरमा नै आएर हिजोका कार्यकर्ता सहयोद्धा साथीहरु । मेरो नेता तिमी । तिमी पार्टीबाहिर म पार्टीको अध्यक्ष भएर बस्न मिल्यो ?  भन्दै स्थायी कमिटीमा ल्याउछु भने ल्याएनन् । उनले चाकडी नै गर्ने हो । पछि मैले छोडदिएँ । निष्क्रिय हुँदै गइयो । 

पार्टी एकता हुँदा त मेरो नामै पनि राखेनन् । नाम नराखेपछि खोज्दै पनि म गइनँ । अहिलेको स्थिति के हो भने नेकपा एमाले ब्यूँतिदा त एमालेको केन्द्रीय सदस्य नै हो । नेकपा एमाले  पूर्ववत रुपमा त फर्कियो नि । पार्टी एकता हुँदाको एमाले सम्झने हो भने म पार्टीकोे सदस्य हो । तर म त्यो भनेर दाबी गर्न पनि गएको छैन । 

किनभने बीचमा तीनवर्ष हराएर हजुर म पनि थिएँ नि भन्दै जान मलाई रहर पनि छैन । राम्रा काम गरेर, दुनियाँको हितमा काम गरेर गएको भए सायद रहर पनि लाग्थ्यो कि ? झारपातको रुपमा उहाँहरु अघि उभिनुभएको छ । अलिअलि छिटा त माधवजीहरुलाई पनि लागेको छ । धेरै छिटा त ओलीजीले नै बोक्नुभएको छ । हुँदाहुँदै विधान, कानुन संविधान केही पनि लागेन । ओलीजीले जे चाह्यो त्यहि हुने भएको छ । यस्तो स्थितिमा त्यता गएर सल्लाह दिएर पनि केही हुँदैन । 

यहाँ उहाँहरुको के सुर रहेछ भन्दा राम्रो चेतना के लाग्यो भने । देशमा विधि विधानको विरुद्धमा उठ्ने कार्यकर्ताको केही जमात रहेछ । हिजो मनपरीतन्त्र गरेर जाँदा कसैले पनि बोल्दैनथ्यो । 

अध्यक्षले भनेपछि हाइहाइ भएर जान्थे भने अहिले त्योभन्दा फरक स्थिति छ । 

झलनाथजीको मात्रै होइन । कार्यकर्ताहरुको र्‍याङ्क एण्ड फाइल छ । ७–८ सय कार्यकर्ता आएका छन् । त्यसमा हामी झुक्किएर आयौं भन्ने कार्यकर्ता कोही पनि छैनन् । 

ओलीसँग बस्नै हुँदैन भन्ने छन् । ठूलो संख्या चाहिँ सच्याए भने फेरि एकाकार हुन सकिन्छ । पार्टी एकजुट भएर गयो भनेर केही गर्न सकिन्छ भन्ने मनशायका अत्यधिक मान्छे पाएँ ।  त्यो पनि मेरो लागि फाइदा कै कुरा । नयाँ चेतना आएछ भन्ने लाग्यो ।

कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताको नेता हुनुहुन्छ तपाईं । तपाईंहरुले नै सुरुवात गर्नुभएको आन्दोलनले विशाल रुप लियो र नेकपा बन्यो । झन्डै दुई तिहाई मत ल्याउने परिस्थिति पनि बन्यो । अहिले त्यो भत्काउँदै भत्काउँदै गएर फेरि शुन्यमा पुग्ने स्थिति बनेको छ । त्यसमा मुख्य केपी ओलीकै प्रवृत्ति दोषी हो कि ?

यो स्थितिको जिम्मेवार त एक नम्बरमा ओलीजी नै हो । सेकेन्ड, थर्ड पोजिसनमा माधव, झलनाथ, प्रचण्डको पनि भूमिका आफ्नो ठाउँमा होला ।
अध्यक्ष र प्रधानमन्त्री भएको व्यक्तिले निहुँ खोजीखोजी भत्काउने काम त ओलीजी ले नै गर्नुभयो । 
उहाँले जति ठूला गफ गरे पनि संविधानको प्रतिकुल उहाँले संसद् भंग गर्नुभयो । पार्लामेन्टले उहाँको काम कुरोमा विरोध गरेकै थिएन जस्तो,ओलीको अभिन्न नेताको रुपमा सुवास नेम्वाङ पनि हुनुहुन्छ । 

राष्ट्रिय कार्यकर्ता भेलामा उठेका विचार, बहस हेर्दा पार्टी नै एक रहँदैन भन्ने एक खालको निष्कर्षमा पुग्न सकिन्छ , यस्तो अवस्थामा तपाईं कताको पक्षमा उभिनुभयो ?   

दुईवटा कुरा छन् । यो भेला पार्टी विभाजनका लागि हो भन्ने टुंगोमा म पुगेको छैन । कार्यकर्ताको मनस्थिति हेर्दा ओलीले २८ गतेको निर्णय फिर्ता गरे नेकपा एमाले अहिले पनि एकजुट हुन्छ । 

एकीकृत एमाले बन्नका लागि मुख्य बाधक चाहिँ के हो ? 

ओलीको मिचाहा प्रवृत्ति नै मुख्य बाधक देखिएको छ । ओलीले २८ गतेको निर्णय फिर्ता लिएर आउनुस् एकै ठाउँमा बसेर छलफल गरौं भने त इस्यु नै छैन । माधवजीले भनेजस्तै विधि पद्धति र मुख्य समस्या हो । 

तपाईं फेरि सक्रिय राजनीतिमा फर्किनुहुन्छ ? 

मैले केही टुंगो गरेको छैन । स्थितिले माग्यो भने । सक्रिय राजनीतिमा फर्किन नसक्ने पनि होइन । त्यो वातावरण बनिसकेको पनि छैन । त्यसकारण सक्रिय राजनीतिमा आउँदिन भनेर घोषणा गरेको पनि छैन । सक्रिय राजनीतिमा आएँ भनेर टुंगोमा पुगेको पनि छैन ।

स्थिति हेर्दैछु एकातिर वातावरण बन्दैछ भने अर्कोतिर संकटमा जाँदै छ । संकटकै बेलामा म एउटा गुटमा लागेर अर्थात् ओली वा माधवको गुटमा लागेर सक्रिय हुने मानसिकतामा छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC