site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनले पुटिनलाई ‘हत्यारा’ भनेपछि ...
Ghorahi CementGhorahi Cement

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका प्रमुख भ्लादमिर पुटिनलाई ‘हत्यारा’ भन्ने अभिव्यक्ति दिएपछि रुसले यसको आक्रोशित प्रतिक्रिया दिएको छ । रुसी प्रशासन क्रेम्लिनले बाइडेनको सो भनाइ अप्रत्याशित भएको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्तै खराब भनेर व्याख्या गरेको हो । 

बुधबार प्रशारण भएको एबीसीसँगको अन्र्तवार्तामा बाइडेनले पुटिनलाई २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनलाई अपमान गर्ने प्रयास गरेकामा त्यसको मूल्य चुकाउनुपर्ने बताएका हुन् । यसअघि अमेरिकी खुफीया एजेन्सीले २०२० को चुनावमा रुसले बाइडेनको दुष्प्रचार गर्ने उद्देश्यले हस्तक्षेपको प्रयास गरेको पत्ता लगाएको थियो । 

Agni Group

यसपछि कार्यक्रमका प्रस्तोता जर्ज स्टेफानोपोलसले बाइडेनलाई पुटिन ‘हत्यारा’ भएकाबारे के सोच छ भनेर प्रश्न गर्दा उनले आफू त्यससँग सहमत भएको बताएका हुन् । 

यही भनाइको प्रतिक्रिया दिँदै क्रेम्लिनका प्रवक्ता डिमट्री पेस्कोभले बिहिबार संचारकर्मीहरुसँग ‘यस्तो इतिहासमै कहिल्यै नभएको’ बताएका हुन् । बाइडेनले रुससँगको सम्बन्ध सुधार्न नचाहेको यसबाटै स्पष्ट भएको पनि उनले बताए । उनले भनेका हुन्, “अमेरिकाका राष्ट्रपतिबाट अत्यन्तै नराम्रो टिप्पणी आएको छ । यसको अर्थ उनी निश्चित रुपमा हामीसँग सम्बन्ध सुधार्न चाहँदैनन् र हामी यसैबाट अघि बढ्नेछौँ । ”

Global Ime bank

बाइडेनको सो भनाइकै प्रतिक्रियामा रुसले बुधबार अमेरिकी राजदूतलाई फिर्ता बोलाएको थियो । यो विषयमा पुटिनको के भनाइ छ भन्ने प्रश्नमा चाहिँ पेस्कोभले थप व्याख्या गरेनन् तर अहिलेका लागि राजदूत एनटोली एनटोनोभलाई मस्कोमा बोलाइएको र रुस–अमेरिका बीचको सम्बन्धमा उनीसँग छलफल गरिने बताएका हुन् ।  सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC