site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन
फाइल तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

दारेसलाम । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।

मगुफुली करिब तीन सातायतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण भएको पनि बताइएको थियो । तर, यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

विपक्षी नेताहरूले भने उनलाई कोरोनाभाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर, यो समाचारको पुष्टि हुनसकेको छैन । यसै विषयको जवाफमा गत साता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ रहेको जानकारी सञ्चारमाध्यममार्फत दिएका थिए । यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछन् । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC