site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वराष्ट्रपतिहरुको क्लबबाट किन छुटाइयो ट्रम्पलाई ?
Ghorahi CementGhorahi Cement

वासिङटन । गत जनवरीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा कोरोनाविरुद्धको खोप लगाउँदाको कुनै फोटो, भिडियो लिइएन । 

यही कारणले पनि अहिलेका पूर्वराष्ट्रपति र तिनका पत्नीले खोप लिएको प्रचार गरिरहँदा ट्रम्प यसबाट छुटेका छन् । 

यसमा सबै जिवित पूर्वराष्ट्रपतिले अमेरिकी नागरिकहरुलाई खोप लगाउन आग्रह गर्दै सार्वजनिक विज्ञापन अभियान सञ्चालन गरेका हुन् । 

Agni Group

खोप सम्बन्धी सबै किसिमका शंका र गलत धारणा हटाउन यस्तो प्रयास थालिएको छ । र केबल ट्रम्प र मेलानिया यसबाट छुट्न पुगेका हुन् । 

उनीहरुले वासिङटन छाडेपछि मात्र आफूले खोप लगाइसकेको खुलासा गरेका थिए । 

Global Ime bank

तर बुधबार यही विज्ञापन प्रकाशित हुनुअघि ट्रम्पले सो खोपका लागि आफूलाई श्रेय दिइनुपर्ने दाबी गरेका हुन् र आफूलाई त्यसको प्रचारमा संलग्न नगराइएको पनि उनले बताए ।

यस अभियानमा प्रयोग गरिएका दुइवटै विज्ञापन एक मिनेटभन्दा लामो छन् । पहिलो भिडियोमा चारैजना पूर्वराष्ट्रपतिहरुले व्यक्तिगत सन्देश दिएका छन् । दोस्रोमा चाहिँ क्लिन्टन, बुश र ओबामाले अमेरिकी नागरिकहरुलाई खोप लगाउन आग्रह गरिरहेको देख्न सकिन्छ । 

वास्तवमा गत जनवरीमा पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लू बुश अनि बाराक ओबामाबीच भएको भेटघाट र संवादपछि यो अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । सो ऐतिहासिक क्षणमा ट्रम्प सहभागी नभएकाले पनि उनी यस योजनाबाट टाढा हुन पुगेका हुन् । एक जानकार श्रोतका अनुसार ट्रम्प आउँदैनन् भनेरै उनलाई यस सार्वजनिक घोषणामा सहभागी हुनका लागि सोधिएको थिएन । 

यसमा ट्रम्प आफेँ यस किसिमका कार्यक्रममा सहभागी हुन इच्छुक नभएको बताइएको छ । किनकि अन्य पूर्वराष्ट्रपति जसरी उनले खोपको प्रचार गर्ने सम्बन्धी एकदम थोरै चासो देखाउँदै आएका छन् । 

अभियानका सञ्चालक, पीएसएले उनी संलग्न हुने सम्भावना कम रहेकाले नै उनलाई छुटाइएको बताएको छ । ट्रम्पका एक सहायकले सीएनएनसँग बताए, “यस प्रकारका क्षणमा सहभागी हुन चाहेको सम्बन्धी उनले कहिल्यै कुनै संकेत देखाएका छैनन् ।” 

सञ्चालक टोलीका एक व्यक्तिका अनुसार ट्रम्पलाई यसमा जानीजानी छुटाइएको होइन तर उनको सहभागीताको सम्भावना पहिलेबाटै एकदम कम थियो । 

विज्ञापन परिषदका प्रवक्ताले यो विषयमा स्पष्टीकरण दिँदै यो अभियान राष्ट्रपति ट्रम्प ह्वाइटहाउसमा हुँदैखेरि सुरु गर्ने तय भइसकेको बताएका हुन् । 

ट्रम्प ह्वाइटहाउसमा हुँदा उनको प्रशासनले त्यही बेलामा कोरोना भाइरसविरुद्धको खोप क्यामरा अगाडि लगाउने प्रस्ताव गरेको थियो । 

तर ट्रम्पले यसप्रति कुनै विशेष चासो नदेखाएको अर्का एक परिचित व्यक्तिले बताए । 

यता खोपको उत्पादन, स्वीकृति अनि वितरण सम्बन्धि चाहिँ ट्रम्पले लगातार आफूलाई श्रेय दिँदै आइरहेका छन् । 

यसैगरी छोरी इभांकालाई सार्वजानिक रुपमा खोप लगाउने सम्बन्धी पनि कुरा उठेको थियो तर सो योजनाले पनि राम्रो प्रतिक्रिया पाएन । 

यस विज्ञापनको भिडियोमा पूर्वराष्ट्रपतिहरुले प्यान्डेमिकको समयमा आफूलाई केको सबैभन्दा बढी याद आएको र किन खोप लगाउन चाहेको भनेर पनि बताएका छन् । 

क्लिन्टनले आफू फेरि काममा जान चाहेको, खुला रुपमा हिँडडुल गर्न चाहेको बताएका छन् । ओबामाले भने आफ्नी सासुआमालाई धेरै ‘मिस’ गरेको अनि अंकमाल गर्न अनि उनको जन्मदिनका दिन भेट्न चाहेको बताएका हुन् । जर्ज डब्लू बुसले आफू पूरै भरिएको स्टेडियममा गइ खेल हेर्न चाहेको बताएका छन् । 

अर्का पूर्वराष्ट्रपति, ९६ वर्षीय डेमोक्रेट जिमि कार्टरले चाहिँ क्यामरामा बोलेनन् तर जति सक्दो चाँडो महामारी अन्त्य होस् भनेर खोप लगाउन लागेको बताएका हुन् । 

झन्डै एक वर्ष अगाडि ट्रम्पलाई महामारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे उनले पूर्वराष्ट्रपतिहरुसँग सल्लाह लिन चाहेका बारे प्रश्न गरिएको थियो जुन ठूलो स्तरका संकटको सामना गर्ने राष्ट्रपतिका लागि स्वाभाविक र सामान्य मानिन्छ । 

यसबारे ट्रम्पले यस्तो जवाफ दिएका हुन्, “मलाई लाग्छ हामीले अत्यन्तै राम्रो काम गरिरहेका छौँ । यसकारण म उनीहरुलाई डिस्टर्ब गर्न चाहँदिन । मेरो विचारमा मैले उनीहरुसँग सिक्नुपर्ने खास केही छैन र उनीहरुलाई नबोलाउनु स्वभाविक कुरा पनि हो ।” 

उनको यस्तो जवाफ कसैका लागि आश्चर्यजनक थिएन । किनकी उनले आफूभन्दा अगाडिका राष्ट्रपतिहरु मन नपर्ने कुरा कहिल्यै लुकाएका छैनन् । यसअघि उनले क्लिन्टन र बुशको तस्बिर हटाएर स्टोरेजमा राख्न लगाएका थिए । बाइडेनको नेतृत्वमा भने ती तस्बिरहरु यथावत स्थानमै राखिसकिएको छ जसले आफ्ना पूर्ववर्तीहरुसँग राम्रो सम्बन्ध राख्ने चाहाना देखाउँदै आएका छन् । 

यसअघि बाइडेनले शपथ ग्रहण गरिसकेपछि आफूले एकजना बाहेक सबै जिवित पूर्वराष्ट्रपतिहरुसँग कुरा गसिकेको बताएका थिए जो ट्रम्प भएको आशंका गरिएको छ तर बाइडेनले उनको नाम भने लिएनन् । सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC