site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारमा सेनाको सक्रियता थप क्षेत्रमा विस्तार
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

न्यापित । म्यानमारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ ।

म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुईतिहाइ ल्याउन सफल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसद्बाट सरकार निर्माण गर्ने दिन नजिकिँदै गर्दा गत माघ १९ गते सेनाले त्यहाँको शासनसत्ता आफ्नो हातमा लिएपछि एनएलडीलगायतका प्रजातन्त्रवादी शक्तिहरूले सेनाको कदमको विरोेधमा आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

Agni Group

यसै क्रममा आइतबार देशभरि भएका विरोध प्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको म्यानमारका मानवअधिकारवादी समूहहरूले जनाएका छन् ।

सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि सिधै गोली प्रहार गरेका कारण एकैदिन ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । अधिकांश मृत्यु याङ्गुनमा भएको पनि एनएलडी स्रोतले बताएको छ ।

Global Ime bank

नेतृ आङ सान सुकीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएपछि सोमबार उनलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको बताइएको छ ।

प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सुकीसहित अन्य नेताहरूको रिहाइको माग गर्दै देशमा निर्वाचित समूहले सरकार गठन गर्न पाउनुपर्ने बताएका छन् ।

सैन्य शासकहरूले सुकी र उनको दलका प्रमुख नेताविरुद्ध भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गरेका छन् । सबै मुद्दा फिर्ता गरी निर्वाचित समूहलाई सरकारको गठन गर्ने र सेनाद्वारा भएका अलोकतान्त्रिक निर्णयलाई बदर गर्न माग गर्दै सडकहरूमा प्रायः हजारौँ मानिस उत्रिने गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC