site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनले सुटुक्क किमसँग वार्ताको प्रयास गरे !
Ghorahi CementGhorahi Cement

वासिङटन । बाइडेन प्रशासनले गत महिना कसैलाई थाहा नदिइ उत्तर कोरियाली नेता किमसँग सम्पर्कको प्रयास गरेको एक वरिष्ठ अधिकारीले सीएनएनसँग बताएका छन् । तर प्योङयोङबाट हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए ।  

खबरका अनुसार राष्ट्रपति बाइडेनको प्रशासनले फेब्रुअरीदेखि नै थुप्रै माध्यमहरु मार्फत किमसँग वार्ता गर्न खोजिरहेको छ तर उताबाट अहिलेसम्म कुनै जवाफ नआएको ती अधिकारीले बताए । उनका अनुसार एक वर्षसम्म सम्पर्क विहिन रहेको उत्तर कोरियासँग सक्रिय भएर छलफल गर्न अमेरिकाले धेरैपटक कोशिश गरिसकेको छ । 

Agni Group

यो प्रक्रियालाई अघि बढाउन बाइडेनको टोलीले उत्तर कोरियाली नीति सम्बन्धी अनुभव भएका र केही ट्रम्प प्रशासनका कर्मचारीसँग पनि परामर्श लिइरहेको छ । त्यस्तै अमेरिकाले मित्रराष्ट्र जापान र दक्षिण कोरियासँग पनि यसबारे जानकारी आदान प्रदान गरिरहेको बताएको छ । 

यतिबेला अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरिया सम्बन्धी बाइडेन प्रशासनले केकस्तो नीति आपनाउनेछ भन्नेमा अधिक चासो रहेको छ । र अबको केही हप्तामै बाइडेन प्रशासनले यस सम्बन्धी घोषणा गर्ने अपेक्षा गरिएको छ । प्योङयोङसँग तनावको जोखिम कम गराउनका लागि नै बाइडेनले यस किसिमको तयारी गरेका हुन् ।  सिएनएन 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC