site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटालीमा फेरि लकडाउन
Sarbottam CementSarbottam Cement

रोम । क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्षअघि राष्ट्रिय लकडाउन गरेको इटालीमा संक्रमण फैलिँदो क्रममा रहेपछि संक्रमण रोक्न फेरि संघर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने जनाएको छ । इस्टर सप्ताहान्तलाई सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ‘रेड जोन’ बनाइनेछ ।

Global Ime bank

इटाली युरोपमा बेलायतपछि बढी प्रभावित मुलुक हो । इटालीको मृत्युदर बेलायतकोभन्दा कम भए पनि अन्य युरोपेली मुलुकको मृत्युदरभन्दा बढी रहेको छ । युरोपेली संघका अन्य मुलुकमा जस्तै इटालीमा खोप अभियानमा ढिलाइ भइरहेको छ ।

इटालीले आफ्नो मुलुकमा खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता दुई लाख ५० हजार अक्सफोर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने हल्लाबीच उक्त खोप प्रयोग रोकेका छन् । शुक्रबार विश्व स्वास्थ्य संगठनले रगत जम्ने कुरा सत्य भएको कुनै संकेत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC