site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारबाट भागेका प्रहरी भन्छन्- प्रदर्शनकारीमाथि गोली चलाउन भनियो, हामीले सकेनौं
Sarbottam CementSarbottam Cement

बीबीसी । सेनाले गत महिना मुलुकको शासन नियन्त्रणमा लिइसकेपछि भागेका म्यानमारका प्रहरी अधिकारीहरूले नेतृत्वको क्रूर आदेश मान्न नसकेर भागेको बताएका छन् । 

निर्दोषको हत्या गर्न बाध्य पारिने डरकै कारण दर्जनौँ प्रहरी अधिकारीहरू कामसँगै मुलुक नै छाड्न थालेका छन् । नाम परिवर्तन गरिएका नाइङ नौ वर्षसम्म म्यानमारमा प्रहरीका रुपमा कार्यरत थिए । उनी भन्छन्, “मलाई प्रदर्शनकारीमाथि गोली चलाउन भनिएको थियो । तर मैले उनीहरूलाई सक्दिनँ भनेँ ।” २७ वर्षीय उनी अहिले भारतको उत्तरपूर्वी मिजोरममा लुकेर बसेका छन् । त्यहाँ उनी जस्तै बीसको उमेरका दर्जनौँ अरु प्रहरीको समूह छ । तीमध्येका एकले भने, “मलाई सेनाविरुद्ध आन्दोलन गरिरहेका निर्दोष मानिस मार्न या हानि पुर्‍याउन लगाइन्छ भन्ने डर थियो । हामीलाई पनि सेनाले जनताद्वारा निर्वाचित सरकारलाई फालेर आफू राज गर्नु गलत हो भन्ने लाग्छ ।”

सेनाले देशलाई आफ्नो हातमा लिएदेखि म्यानमारमा लोकतन्त्रको माग गर्दै आन्दोलन चर्किएको अवस्था छ जसमा सेनाको प्रहारबाट ५० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । नेइङ एक तल्लो तहका पुलिस अधिकारी थिए र उनी कार्यरत क्षेत्रमा फेब्रुअरीको अन्त्यतिर आन्दोलन हिंसात्मक बन्न पुगेको उनी बताउँछन् । उनका अनुसार दुईपटकसम्म प्रदर्शनकारीहरूमाथि गोली चलाउन अस्वीकार गरेपछि उनी त्यहाँबाट भागेका हुन् । उनले भने, “मैले मेरो मालिकलाई भनेँ म त्यस्तो गर्न सक्दिनँ म यसमा जनताको पक्षमा छु,” उनले थप भने, “सेना वास्तवमै धेरै जटिल छ । उनीहरू दिन प्रतिदिन क्रूर हुँदै गएका छन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

यसपछि नेइङले आफ्नो मोबाइल फोन निकाल्दै देशबाट भाग्दै गर्दा पछाडि छाड्नु परेको आफ्नी पत्नी र ५ र ६ वर्षीया दुई छोरीको तस्बिर देखाए । उनले भने, “मलाई चिन्ता छ कि अब उनीहरूलाई फेरि भेट्न सम्भव छैन ।” उनीहरू अहिले बसेको ठाउँबाट केबल १६ किलोमिटर टाढा छ म्यानमार ।

यसरी बीबीसीसँग कुरा गर्ने, म्यानमारबाट भागेका र त्यहाँको आन्तरिक अवस्थाबारे बताउने उनीहरू पहिलो प्रत्यक्षदर्शी हुन् । उनीहरूका अनुसार लोकतन्त्रको पक्षमा उठिरहेका सुरक्षाकर्मीहरूको बढ्दो सङ्ख्यामा उनीहरू पनि पर्छन् । 

Global Ime bank

यतिबेला संयुक्त राष्ट्रसंघ, अमेरिकालगायत अन्य थुप्रै मुलुकहरूले सेनाको विरोध गर्ने नागरिकहरूको हत्याप्रति कडा निन्दा जनाइरहेका छन् । तर सेना पक्षले सबै आलोचना बेवास्ता गर्दै आफूहरू जस्तोसुकै कडा प्रतिबन्धका लागि पनि तयार रहेको बताएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार सेनाको कू सुरु भएदेखि देशभरबाट १०० भन्दा धेरै पुलिसहरू भागिसकेका छन् । नेइङजस्तै अर्का एक प्रहरी अधिकारी हतत (नाम परिवर्तन) ले सेनाले जबरजस्ती सत्तामा कब्जा गरेको रात सम्झँदै बताए, “इन्टरनेट कटौती भएको केही घण्टापछि मात्र हामीलाई सेनाले कू गरेको थाहा भयो ।” यसपछि २२ वर्षीय हतत र उनका सहकर्मीहरू सडकमा तैनाथ भए र शान्तिपूर्वक लोकतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरूलाई पक्राउ गर्ने धम्की दिनुपरेको उनले बताए । म्यानमारको ठूलो सहरबाट आएका हततले पनि प्रदर्शनकारीमाथि सीधा गोली चलाउने आदेश पाएका थिए जुन उनले अस्वीकार गरेका हुन् ।

उनी भन्छन्, “हाम्रो कार्यालयका प्रमुखले हामीलाई पाँच वा सोभन्दा बढीको समूह बनाएर आउनेहरूमाथि गोली चलाउन निर्देशन दिएका थिए । मलाई थाहा थियो मानिसहरू कति क्रूरतापूर्वक पिटिएका छन् । मलाई यही कारण राति निद्रा लाग्दैनथ्यो । निर्दोष मानिसहरू रगताम्मे भएको देख्दा मेरो अन्तरआत्माले त्यस्तो भयानक काममा सहभागिता जनाउन चाहेन ।” हततका अनुसार उनको कार्यालयमा त्यहाँबाट भाग्ने उनी एक्ला प्रहरी थिए । उनी मोटरसाइकलमा फरार भएका थिए । गाउँ हुँदै सीमा पार गर्दा आफूलाई अत्यन्तै डर लागेको उनले बताए ।

सीमा पार गरी भागेका ती प्रहरीको समूहले आगामी दिनमा यो क्रम झन् बढ्दै जाने बताए । यही समूहकी एक महिला सुरक्षाकर्मीका अनुसार सेनाले लठ्ठी र रबरको गोली प्रयोग गरिरहेका थिए र एकपटक त तिनले बच्चाहरू भएको समूहमाथि अश्रु ग्यास फालिरहेका थिए । “सेनाले भिडलाई हटाउन हामीले आफ्नै साथीहरूलाई पक्राउ गरोस् भन्ने चाहन्थ्यो तर हामीले त्यस्तो गर्न सकेनौँ,” उनले भनिन्, “हामी प्रहरीलाई माया गर्छौँ तर अहिले प्रणाली धेरै बदलिसकेको छ र हामी यसरी काम जारी राख्न सक्दैनौँ ।” 

२४ वर्षीया ती पुलिसले आफू परिवार छाड्न ठूलो संघर्ष गर्नुपरेको पनि बताइन् । विशेषगरी मुटुसम्बन्धी गम्भीर समस्या भएकी आमालाई त्यसरी छाडेर जान कठिन भएको उनले बताउँछिन् । “मेरा बाबुआमा बूढो हुनुहुन्छ । उहाँहरू अहिले धेरै डराइरहनु भएको छ । तर हामी युवाहरूसँग भाग्नुबाहेक अरु कुनै विकल्प छैन । मैले छाडेर जानैपर्‍यो,” उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC