site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार सेनाद्वारा सुकीमाथि नयाँ अभियोग, अवैध ६ लाख डलर र सुन लिएको आरोप
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यानमार सेनाले नेतृ आङ सान सुकीमाथि अवैध रुपमा ६ लाख डलर र सुन लिएको नयाँ अभियोग लगाएको छ । यो आरोप सेनाले उनीमाथि जारी गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अभियोग भएको बताइएको छ । फेब्रुअरी १ मा सेनाको कू जारी भएदेखि उनलाई कैद गरि राखिएको छ ।

यसअघि उनलाई सुरक्षाकर्मीले बोक्ने ‘वाकीटकी’ लगायतका डिभाइस अवैध रुपमा राखेको अनि कोभिडसम्बन्धी नियमहरूको उल्लंघन गरी चुनाव प्रचार गरेको आरोप लगाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीमाथि जारी यो नयाँ अभियोगसम्बन्धी कुनै प्रमाण प्रस्तुत गरिएको छैन । त्यस्तै राष्ट्रपति विन मिन्टसहित क्याबिनेटका अन्य मन्त्रीहरूलाई पनि भ्रष्टाचार गरेको सेनाको आरोप छ । स्वतन्त्र अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरूले सेनाको यो नयाँ दाबीलाई आधारहीन बताइरहेका छन् ।

सुकीको रिहाइ र देशमा लोकतन्त्रको पुनःस्थापनाको माग गर्दै म्यानमारमा अहिले पनि देशभर आन्दोलन जारी छ । यसबीच सुरक्षाकर्मीको गोली लागेर ५० भन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । बिहीबार पनि देशभरबाट कम्तीमा सात प्रदर्शनकारीको मृत्यु भएको खबर गरिएको छ ।

Global Ime bank

अन्तर्राष्ट्रिय समुदायबाट लगातार दबाब आइरहे पनि सेनाले सबै आलोचना बेवास्ता गरिरहेको छ र उल्टै सुकीलाई सम्पूर्ण हिंसाका लागि जिम्मेवार ठहर्‍याइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC