site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रश्न मन नपरेपछि थाइल्यान्डका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई स्यानिटाइजर छर्किएपछि...
Sarbottam CementSarbottam Cement

बीबीसी । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ छान–ओछाले हालैको एक प्रेस सम्मेलनमा सञ्‍चारकर्मीहरुको प्रश्न मन नपरेपछि उनीहरुमाथि स्यानिटाइजर छर्किएका छन् ।

मन्त्रिपरिषद् फेरबदल गर्नेसम्बन्धी प्रश्न गरिएपछि उनले यसको प्रतिक्रियामा त्यहाँ उपस्थित सबै रिपोर्टरहरुलाई माथिबाट स्यानिटाइजर छर्किएका हुन् । रिटायर पुलिस जेनेरल प्रयुथ, २०१४ मा सेनाको ‘कू’ पछि सत्तामा आएका हुन् र विगतमा पनि उनी प्रेस सम्मलेनका कार्यक्रमहरुमा अनौठो व्यवहारका कारण चर्चामा आइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सेनाले स्थापित गराएका प्रधानमन्त्री प्रायुथ, यसअघि सञ्‍चारकर्मीको टाउकोमा हिर्काउँदै गरेको अनि कान तान्दै गरेको अवस्थामा क्यामरामा देखा परेका थिए । त्यस्तै एकपटकको प्रेस सम्मेलनमा चाहिँ सञ्‍चारकर्मीहरुको प्रश्नको जवाफ दिन भनेर उनले आफू उपस्थित हुनुको सट्टा आफ्नो आकारको तस्बिरयुक्त कार्डबोर्ड पठाएका थिए । यसबारे पनि विश्वव्यापी चर्चा चलेको थियो ।  

सार्वजानिक भिडियोमा पहिले उनले ‘अब अरु कुनै प्रश्न छ ?’ भनेर सोधेको देख्न सकिन्छ । त्यसपछि मन्त्रिपरिषद्‌ फेरबदलसम्बन्धी एक सञ्‍चारकर्मीले प्रश्न गर्दा उनले छड्के आँखाले हेर्दै ‘यो कुरा प्रधानमन्त्रीलाई पहिले थाहा हुनुपर्ने होइन र ? यस्तो सोध्ने कुरा होइन’ भन्दै रिसाएका हुन् । यति भनेलगत्तै उनले नजिकैको स्यानिटाइजर बोतल लिएर त्यहाँ उपस्थित सबै सञ्‍चारकर्मीहरुमाथि छर्किएका छन् । यो घटना सरकारद्वारा गरिएको प्रत्यक्ष प्रशारणमा सार्वजानिक भएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC