site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थाइल्यान्डमा पर्यटकलाई याचमा क्वारेन्टिन बस्ने व्यवस्था 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । थाइल्यान्ड भ्रमणमा जाने पर्यटकले अब कोरोना भाइस सम्बन्धी दुई हप्ताको अनिवार्य क्वारेन्टिन याच अर्थात ‘लक्जरीयस जहाज’ मा बिताउन पाउनेछन् । सरकारले यो नयाँ सेवाले देशमा ५ करोड ८० लाख डलर बराबर आम्दानी गराउन सक्ने अपेक्षा गरेको छ ।
 
महामारीका कारण नराम्ररी क्षति पुगेको देशको संघर्षरत् अर्थतन्त्रलाई उकास्ने लक्ष्यसहित यो नीति ल्याइएको हो । यसअघि जनवरीमा पनि यस्तै किसिमको सेवामा पर्यटकलाई गल्फको कोर्समा क्वारेन्टिन समय बिताउन दिइएको थियो । थाइल्यान्ड पर्यटनमै निर्भर राष्ट्र हो तर गत वर्ष कोरोना भाइरसका कारण पर्यटक सीमित गरिएको थियो । 

याच क्वारेन्टिन कार्यक्रमबारे सोमबार घोषणा गरिएको हो । यसमा कोरोना नेगेटिभ भएका आगन्तुकहरुले फुकेटस्थित सानो क्रुज शीप या याचमा आरामदायक समय बिताउन पाउनेछन् । महामारीका कारण फुकेटमा दैनिक पर्यटकको सङ्ख्या पचासौँ हजारबाट केबल सयमा झरेको छ । यो कार्यक्रम परीक्षण गर्न अहिले ट्रायल पनि सुरु गरिएको छ जसमा हाल एक सयवटा जहाजलाई सहभागी गराइने भनिएको छ । 

त्यस्तै याचमा सवार सबैले आफ्नो नाडीमा एउटा ब्यान्डम लगाउनुपर्ने हुन्छ जसले शरीरको तापमान अनि रक्तचाप लगायतबारे जानकारी राख्नेछ । सो डिभाइसले समुद्रबाट पनि डाटा पठाउन मिल्ने सरकारले जनाएको छ । गत अक्टोबरदेखि थाइल्यान्डले बिस्तारै सिमाना खुलिरहेको छ । होटल क्वारेन्टिन चिआङ माइ, फुकेट, कर्बीलगायत चर्चित पर्यटकीय स्थलहरुमा आगामी अप्रिल या मे महिनामा सुरु गर्ने भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC