site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मिडियाले गरेकाे विभेदकै कारण राजपरिवार छाड्नु परेको ह्यारी मेगानको खुलासा
Sarbottam CementSarbottam Cement

बीबीसी । गत वर्ष राजपरिवारबाट बाहिरिएका राजकुमार ह्यारी र उनकी पत्नी मेगानले प्रस्तोता अप्राह विन्फ्रीसँगको अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवन सम्बन्धी विभिन्न  खुलासा गरेका छन् । उनीहरुले विशेषगरी बेलायती ट्याबलोइडले राख्ने गरेका भेदभावपूर्ण र गलत शिर्षकका समाचारहरुकै कारण आफूहरु राजपरिवार छाड्न बाध्य भएको बताएका छन् । त्यस्तै परिवार भित्रबाट आफूहरुले पर्याप्त समर्थन नपाएको र एक्लै भएको पनि दुवैले बताएका छन् । 

अप्राहसँगको उनीहरुको अन्तर्वार्ताबारे धेरै समय अगाडिदेखि नै चर्चा चलिरहेको थियो ।  जसलाई वर्षकै सबैभन्दा अपेक्षित प्रशारणसमेत भनिएको थियो । यसमा उनीहरुले बेलायत छाडेपछि व्यक्तिगत विषयहरुबारे पहिलोपटक यसरी सार्वजनिक रुपमा खुलेर बोलेका हुन् । यसमा मेगान र ह्यारीले जातीय विभेद, मानसिक स्वास्थ्य, आफूबीचको सम्बन्ध, मिडियासँगको गुनासो र राजपरिवार भित्रका संघर्ष जस्ता गम्भीर शिर्षकमा कुरा गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूहरुप्रति मिडियाको अनुचित व्यवहारले अत्यन्तै विषाक्त वातावरण सिर्जना गरेको अनि भित्रैदेखि त्रास उत्पन्न गराएको अन्तर्वार्तामा राजकुमार ह्यारीले बताएका छन् । त्यसैले शान्ति पाउनका लागि भए पनि जानैपर्ने स्थिति आएको उनले बताए । उता, ट्याबलोइड सम्पादकहरुको समूहले चाहिँ सबै आरोप अस्वीकार गर्दै आफूहरु केबल धनी र शक्तिशाली व्यक्तिहरुबारे जानकारी प्रदान गर्ने गरेको बताएको छ । 

मेगानका अनुसार सामाजिक संजालले मिडियासँगको उनको सम्बन्ध झन भयानक पारिदिएको थियो र राजपरिवारको प्रेस सञ्चालकले आफूबारे गलत अफवाह फैलनबाट रोक्न केही गर्न सकेन । 

Global Ime bank

दुई घण्टा लामो सो अन्तर्वार्ता अमेरिकामा गए राति प्रशारण गरिएको थियो । यसमा मेगानको अर्को सबैभन्दा ठूलो खुलासामा उनले एक समय आफूलाई राजपरिवारमा बस्न यति गाह्रो भएको कि ‘बाँच्नै मन नलागेको’ पनि बताएकी हुन् । त्यस्तै ह्यारीलाई परिवारकै एक नाम नखुलाइएका सदस्यले भर्खर जन्मिएका छोराको रङका बारेमा प्रश्न गर्दा आफूहरुको अत्यन्तै चित्त दुखेको पनि दुवैले बताए । यसबारे स्पष्टिकरण दिँदै अप्राहले पछि सो प्रश्न ह्यारीका पिता र रानी एलिजाबेथबाट चाहिँ नभएको बताइन् ।
ह्यारी र मेगानले केही समय अगाडि मात्र दोस्रो सन्तानबारे घोषणा गरेका थिए, जुन छोरी भएको बताइएको छ । 

ह्यारीका अनुसार उनका दाजु राजकुमार विलियम र पिता अझै राज प्रणाली भित्रै फसेका छन् । त्यस्तै उनले पिता चाल्र्ससँगको बिग्रदो सम्बन्धबारे पनि खुलासा गरेका छन् । चाल्र्सले गत वर्षको सुरुवाततिर आफ्नो फोनसमेत नउठाउने गरेको र परिवारले आफूहरुसँगको सम्पूर्ण आर्थिक सम्बन्ध कटौती गरेको पनि बताए । तर, अझै पनि आफ्ना दाजु विलियमलाई अत्यन्तै माया गर्ने गरेको र बाबुसँग पनि सम्बन्ध सुधार्न चाहेको ह्यारीले बताएका छन् । 

मेगानले राजकुमार फिलिप गत महिना अस्पताल भर्ना भएपछि आफूले रानी एलिजाबेथलाई फोन गरेको बताइन् । यसरी अहिले धेरैले ह्यारी र मेगानले यी विषयहरुमा खुलेर बोल्न सकेकामा उनीहरुको बहादुरीको प्रशंसा गरिरहेका छन् । ह्यारीका अनुसार उनीहरु बेलायत छाडेर अमेरिका बसाईँ सर्नुपरेकामा परिवारका कुनै पनि सदस्यले दुःख व्यक्त गरेनन् । उनीहरुले राज परिवार भित्रैबाट समर्थन नपाएकाले पनि छाडेर जानु परेको उनले बताए । उनले भनेका छन्, “यो हाम्रो निर्णय भएकाले यसको परिणाम पनि हामीले नै भोग्नुपर्छ भन्ने जस्तो सबैको भाव थियो ।”

मेगानका अनुसार राजपरिवारका अन्य सदस्यको तुलनामा मिडियाले उनलाई सबैभन्दा गलत तरिकाले प्रस्तुत गर्दै आएको छ । ह्यारीले उनीसँग सहमति जनाउँदै रुखो हुनु र भेदभाव गर्नुमा ठूलो भिन्नता भएको बताए । मेगानका अनुसार मिडिया उनीप्रति यति धेरै ‘अब्सेस्ड’ थियो कि उनका बाबुआमाको खोजी गर्न पैसा दिएर मान्छे लगाइएको थियो । उनी भन्छिन्, “मैले उहाँहरु दुवैलाई मिडियाको दुव्र्यवहारबाट बचाउन वर्षभर सक्दो कोसिस गरेँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC