site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिडियाघरमा वनमान्छेलाई अनुसन्धानात्मक खोप 
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकाको स्यान डिएगोस्थित चिडियाघरमा जीवजन्तुहरुको लागि विशेष अनुसन्धानात्मक खोप लगाइएको छ । त्यहाँ वनमान्छेबीच संक्रमण फैलिएको पाइएपछि नै कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो । 

यसमा चार ‘ओर्याङ्गुटन्स’ र पाँचवटा ‘बोनोबोस’ (वनमान्छेका दुई प्रजातिं) हरुलाई जोटिस भेटेनरी फार्मेटिकल फर्मले निर्माण गरेको दुई डोज खोप लगाइएको हो । त्यहाँका आठ गोरिल्लाहरु गत जनवरीमा कोभिड–१९ पोजिटिभ हुने विश्वकै पहिलो वनमान्छे रहेका थिए । अहिले उनीहरु ठीक भइरहेका छन् । 

Agni Group

अन्तर्राष्ट्रिय संगठन, आइयुसीएनले वनमान्छेको प्रजातिलाई दुर्लभ जीवजन्तुको सूचीमा राखेको हुनाले पनि यसबारे अधिक चिन्ता व्यक्त गरिएको थियो । यसरी खोप लगाउनेमा १९८४ मा विश्वकै पहिलो खुला मुटु शल्यक्रिया गराउने ओराङगुटन प्रजातिको वनमान्छे पनि रहेको छ । चिडियाघरकी प्रमुख संरक्षण अधिकारी नादिन लम्बरस्कीका अनुसार खोप लगाइसकेपछि ती जीवजन्तुहरुमा कुनै गम्भीर असर देखा परेको छैन र खोपको सफलता जाँच गर्न उनीहरुको छिटै एन्टिबडिज परीक्षण गरिनेछ । 

जीवजन्तुहरुमा कोरोना भाइरस देखा परेकाबारे विश्वभरका अन्य चिडियाखानमा पनि खबर गरिएको छ । यसअघि स्पेनको बार्सिलोना चिडियाखाना, न्यृुयोर्कको ब्रोंक्स चिडिायघरमा पनि बाघ र सिंहहरु कोरोना पोजेटिभ भएका थिए । त्यसैगरी कुकुर, बिरालो लगायत विभिन्न प्रजातिका जीवजन्तुहरु कोरोनाबाट संक्रमित भइसकेको पाइएको छ । तर विज्ञहरुले यसलाई दुलर्भ बताउने गरेका छन् । 

Global Ime bank

जोटिस फर्मले चाहिँ गत वर्षको फेब्रुअरीदेखि कुकुर र बिरालोका लागि कोरोना खोप निर्माण गर्न सुरु गरेको हो । त्यतिबेला हङकङमा कोरोना पोजेटिभ भएको पहिलो घरपालुवा कुकुर फेला परेको थियो । यसपछि गत अक्टोबरको परीक्षणमा यो खोप बिरालो र कुकुरमा सुरक्षित अनि प्रभावकारी साबित भयो र फेब्रुअरीसम्म अन्य जीवजन्तुहरुमा पनि ट्रायल गरियो । तर अझैपनि चिडियाघरमा संरक्षण गरिएका वनमान्छेहरुमा खोपको प्रयोग गर्नु ठूलो जोखिम भएको उनले बताए । लेमबरस्कीका अनुसार कुकुर र बिरालोमा परीक्षण गरिएको खोप प्रायः बाघ र सिंहलाई दिइने गरिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC