site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद
Sarbottam CementSarbottam Cement

बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् ।

चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन हजार डोज नक्कली खोपसहित फेला पारिएको थियो । अफ्रिकामा तीन चिनियाँ र एकजना जामिबियनलाई एउटा वेयरहाउसबाट पक्राउ गरिएको हो । जहाँ दुई हजार चार सय नक्कली डोज भेटिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल)मा यसबाहेक अन्य थुप्रै नक्कली खोपका नेटवर्कहरुबारे खबर प्राप्त भइरहेको रिपोर्ट गरिएको छ । कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा २५ लाख मानिसको ज्यान लिइसकेको छ भने ११ करोडभन्दा धेरै संक्रमित भइसकेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक छ । योसँगै कोभिडसम्बन्धी अपराधहरु पनि बढ्दो रूपमा फेला परिरहेकाले इन्टरपोलले सावधानीपूर्वक अनुसन्धान गरिरहेको छ ।

नक्कली खोपको नेटवर्क पत्ता लगाएको घोषणासँगै इन्टरपोलले हाल कुनै पनि स्वीकृत खोप अनलाइन खरिद गर्नका लागि उपलब्ध नभएको जनाएको छ । “कुनै पनि खोप यदि वेबसाइटहरुमा या डार्कवेबमा विज्ञापन गरिएको छ भने त्यो अवैध हुनेछ र परीक्षण नगरिएको खोप हुन सक्ने हुँदा खतरनाक हुनेछ,” इन्टरपोलले भनेको छ ।

Global Ime bank

महामारी अन्त्य गर्न खोपको भूमिका महत्वपूर्ण हुने भएकाले विश्वव्यापी रूपमा प्रतिस्पर्धा बढेको छ । विकसित खोपहरु स्वीकृत हुन हतारिरहेको अवस्था छ । यसले पनि अपराधीहरुलाई मौका दिइरहेको छ ।

चिनियाँ सुरक्षा मन्त्रालयका प्रवक्ताले खोपसम्बन्धी अपराधहरुलाई रोक्न अभियान सञ्चालन गरिने र इन्टरपोल तथा विभिन्न देशका प्रहरीहरुसँगको सहयोगमा कदम उठाउने बताएका छन् ।

गत महिना चीनले लाखौँ डलर बराबरको ठगीका एकजना नेतृत्वकर्ता पत्ता लगाएको थियो । जसले ‘सलाइन सल्युसन’ र पानी (मिनिरल वाटर)लाई मिसाएर कोभिड–१९ विरुद्धको नक्कली खोप बनाएका थिए । कङ थर भएका ती व्यक्तिले वास्तविक खोपको प्याकेजिङ पत्ता लगाएर ५८ हजारभन्दा धेरै नक्कली डोज निर्माण गरेका थिए । अदालतका अनुसार कङ र उनको टोलीले सलाइन र पानी मिसाइ बनाएको नक्कली सुईबाट २७ लाख डलरभन्दा धेरै नाफा कमायो । नक्कली खोपहरु विदेश निर्यात गरिएको पनि पाइएको थियो । तर, कता निर्यात गरियो भन्ने थाहा हुन सकेको थिएन ।

त्यस्तै, मेक्सिकोमा पनि गएको महिना प्रहरीले उत्तरतर्फको सिमानाबाट नक्कली कोभिड–१९ विरुद्धको खोप तस्कारी गर्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो । प्रतिखोप दुई हजार डलरमा बिक्री गर्न लागिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC