site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हिउँले बनाइएको सर्पको ‘स्नो आर्ट’ देखेर सबै चकित !
Sarbottam CementSarbottam Cement

बीबीसी । जाडोयाममा हिँउ पर्दा प्रायः मानिसहरुले रमाइलोका लागि सामान्य ‘स्नोम्यान’ (मान्छे आकारको मूर्ति) बनाउने गर्दछन् तर अमेरिकाको कालोराडोस्थित एक परिवारले ‘स्नो आर्ट’ लाई अर्कै स्तरमा पुर्याएको छ । हिउँले बनेको सो सर्पको मूर्ति देखेर अहिले त्यहाँसबै चकित परेका छन् । त्यसको निर्माण गर्न, मर्न मोसले र उनको परिवारका अन्य पाँचजना सदस्यलाई दश घण्टाको समय लागेको थियो ।

अहिले स्थानीयले उनीहरुको अधिक प्रशंसा गरिरहेका छन् भने सामाजिक संजलामा पनि यसबारे निकै चर्चा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२०१९ मा पनि उनको परिवारले हिउँबाट बाघको मूर्ति निर्माण गरेको थियो जसलाई स्थानीय मिडियामा अधिकतम शेयर गरिएको थियो । 

उक्त सर्पको मूर्ति ७७ फिट लामो रहेको छ र उनकी आमाको घरको बगैँचा अगाडि राखिएको छ । टाढाबाट हेर्दा असली सर्प जस्तै देखिने सो मूर्ति बनाउने प्रक्रिया मोसलीले सामाजिक संजालमा पनि पोस्ट गरेका छन् । यसमा उनले ‘स्प्रे पेन्ट’ को प्रयोग गरि रङ अनि ‘सेडिङ’ मिलाएका हुन् । 

Global Ime bank

बीबीसीसँग कुरा गर्दै उनले भने, “मेरो बुवाले पहिला म सानो छँदा सँगै बसेर यस्तो बनाउने गर्नुहुन्थयो । त्यसैले हामीले पनि तिनै यादलाई ताजा गर्न बेलाबेला यस्तो बनाएर रमाइलो गर्ने गर्छौँ । उनका छिमेक सहित बाटोमा हिँड्ने सबैका लागि अहिले सो मूर्ति आकर्षणको केन्द्र बनेको छ । मोसलेले भने, “सबै यहाँ तस्बिर खिच्नका लागि एकछिन भएपनि रोकिने गर्छन् ।”

उनको फेसबुक पेजमा पनि धेरैले सो मूर्ति देखेको भनि उनको परिवारको प्रशंसा गरेका हुन् । एकजनाले कमेन्टमा लेखेका छन्, “अर्को वर्ष यो भन्दा राम्रो कस्तो मूर्ति बनाउनुहुनेछ भनेर हामी अधिक उत्साहित छौँ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC