site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफ्नै देशमा बनेको खोप पुटिनले लगाएनन्, रुसी नागरिक पनि इच्छुक छैनन् !
Sarbottam CementSarbottam Cement

बीबीसी । रुसको मर्मास्क ओब्लास्ट जिल्लामा पर्ने स्पट्निक गाउँमा सरकारी अधिकारीहरुले हालै मात्र देशमा निर्मित खोप ‘स्पुतनीक भी’ लगाउन सुरु गरिने घोषणा गरे । तर सो ठाउँबाट केबल २८ वृद्ध पेन्सनरहरुले मात्र सुइ लगाउन आवेदन दिएका छन् । 

अर्कोतर्फ विदेशमा चाहिँ यही रुसी खोपको माग अकाशिएको छ । ल्यान्सेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा यो खोप कोरोना भाइरसविरुद्ध ९१.६ प्रतिशत प्रभावकारी रहेको उल्लेख गरिएपछि यसप्रति अन्तर्राष्ट्रिय चासो अत्यधिक बढ्न पुगेको हो । 

रुसका लागि राजनीतिक र वैज्ञानिक दुवै हिसाबमा यो धेरै ठूलो सफलता साबित भएको मानिन्छ । किनकि सुरुवातमा पश्चिमी मुलुकहरुले यो खोपको बनावटप्रति शंका व्यक्त गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले ल्याटिन अमेरिका र युरोपमा स्पुतनिक खोपको माग बढ्न जारी छ । यता स्थानीय रुपमा चाहिँ यसको प्रयोग एकदमै सुस्त गतिमा अघि बढिरहेको छ । रुसी नागरिकहरु सुरुवातदेखि नै खोप लगाउन अनिच्छुक रहँदै आएको पाइएको छ । 

स्पट्निक गाउँमा खोप लगाउन आएका एक वृद्ध पेन्सनरले भने, “सबैजनाले मलाई खोप लगाउँदा एकदम दुख्छ भनेर डर देखाएका थिए । तर मलाई दुखाइको केही आभास भएन ।” त्यही समय उनका पछाडि रहेकी एक नर्सले अर्का एक पेन्सनरलाई खोप लाएपछि अब केही दिन मदिरा सेवन नगर्न भनेर कानमा भनिरहेकी थिइन् । राजधानी मस्कोबाट केही घण्टाको सवारी यात्रापछि यो स्पुतनिक नामको गाउँ पुगिन्छ । तर अहिलेसम्म यो गाउँको नाम किन सोभियत अन्तरिक्ष रेसको सफलताका पछाडि राखियो भन्ने जानकारी छैन । रुसी खोप ‘स्पुतनिक भी’ पनि यहीँबाट नामाकरण भएको हो । 

Global Ime bank

१९५७ मा स्पुतनिक स्याटलाइट वास्तवमै रुसका लागि धेरै ठूलो उपलब्धि थियो र अहिलेको समयमा यो खोपको निर्माण पनि उत्तिकै ऐतिहासिक भएको गाउँकी अधिकारी जेलिना बोर्दादिमोभाले हाँस्दै भनिन् । 

उनले फेरि भनिन्, “हामीले त्यसबेलामा २५ जना मात्र आउने अपेक्षा गरेका थियौँ तर २८ जना उपस्थित भए जुन खुसीको कुरा हो ।” 

यसमा उनले खोपप्रति मानिसहरु अनिच्छुक भइरहेका सम्बन्धी जारी चिन्तालाई भने बेवास्ता गरिन् । तथ्यांकका अनुसार यो ठाउँमा कोभिड–१९ को उच्च जोखिममा रहेका १ हजार स्थानीय छन् । 

उनको टोलीले विशेषगरी जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर बोलाएको थियो जो भाइरस सामु सबैभन्दा धेरै संवेदनशील हुन्छन् । 

बढ्दो अन्तर्राष्ट्रिय चासो 

पश्चिमी विज्ञहरुले स्पुतनिक खोपले पहिलोपटक आफ्नो प्रभावकारीता सम्बन्धी गरेको दाबीमाथि प्रश्न उठाएका थिए । 
उनीहरुसँग पर्याप्त डाटा नभएको, ट्रायल सानो भएको अनि पर्याप्त प्रमाण नभएको आरोप लगाएका थिए । 

तर तेस्रो चरणको क्लिनिकल परीक्षणले यसलाई अप्रत्याशित रुपमा प्रभावकारी देखाइदियो र यसका साइड–इफेक्टहरु पनि पश्चिममा निर्मित अन्य खोप जस्तै थिए । 

त्यसैले पनि अहिले यसको माग वृद्धि भइरहेको छ । स्पुतनिकको लगानीमा सहयोग पुर्याउने ‘आरडीआइएफ’ राज्य लगानी कोषका प्रमुख क्रिल डिमिट्रिभले गत महिना भनेका हुन्, “अब त हाम्रा आलोचकहरुसँग यसको विरोधमा तर्क गर्न पनि कुनै कुरा छैन ।”

आरडीआएफका अनुसार अहिलेसम्म ३९ देशहरुले यो खोप प्राप्त गर्न आवदेन दिइसकेका छन् । खोप अभावको समस्याबाट गुज्रिरहेको युरोपेली युनियनका लागि समेत यो अधिक मद्दत साबित भइरहेको बताइएको छ । 

यसबारे आफ्नो बयानमा प्रधानमन्त्री इगोर मेतोभिकले व्यंगात्मक शैलीमा कोभिड–१९ ले भू राजनीतिबारे केही ख्याल नराख्ने बताए । 

उनले थप भनेका हुन् , “तपाईँले यसलाई रुसको हतियारीकरण भन्न सक्नुहुन्छ या यो खोप राजनीतिक पृष्ठभूमी सम्बन्धी विवादको शिकार भएको पनि मान्न सकिन्छ । स्पष्ट रुपमा रुसी खोप, दुनियाँका अन्य खोपहरु भन्दा राजनीतिक विवादबाट बढी हावी भएको छ ।” 

तर अझैपनि रुससँग स्पुतनिकको यति धेरै माग छ कि क्रेम्लिनले आफ्नो उत्पादन क्षमताले सबै आपूर्ति धान्नै नसक्ने बताइरहेको छ । 

आर पोलिटिक विश्लेषण फर्मकी तातिआना स्तानोभाया भन्छिन्, “पुटिनका लागि खोप निर्माण भनेको रुसलाई एक विकसित राष्ट्र प्रमाणित गर्ने तरिका हो जसले यो देश पनि जटिल प्राविधिक क्षमता आवश्यक पर्ने काममा सफल हुन सक्छ भन्ने साबित गर्दछ । त्यसैले हामीले रुसी खोप खरिद गर्नुको अर्थ पुटिनका उपलब्धीहरुलाई स्वीकार गरेका छौँ भन्न सकिन्छ । ”

यता सुरक्षा सम्बन्धी सबै डाटा सार्वजनिक भइसके पनि हालै सञ्चालन गरिएको एक सर्वेक्षणमा ३० प्रतिशत रुसी नागरिकहरु मात्र खोप लगाउन इच्छुक रहेको पाइएको छ । लिदिया भन्छिन्, “मानिसहरु डराएका छन् किनकि यहाँ सबै किसिमका अफवाह र हल्लाहरु फैलिरहेका छन् जसले खोप अभियानलाई अत्यन्तै जटिल बनाइदिएको छ ।” 

त्यसैले पनि गाउँमा सबैजनाको मानसिकता ‘पछि हेरौँला’ भन्ने किसिमको रहेको उनले बताइन् । उनका अनुसार मानिसहरुले खोप लगाउँदा केही हुँदैन भन्ने आभास गर्दै गएपछि बिस्तारै यसलाई बुझ्नेछन् र अपनाउनेछन् । 

उनी आफू चाहिँ केही समय अगाडि मात्र कोरोनाबाट संक्रमित भएकी थिइन् त्यसैले डाक्टरहरुले उनलाई अहिले खोप आवश्यक नपर्ने बताएका हुन् । 

स्थानीयको हिचकिचाहटबारे स्पष्टीकरण दिँदै एन्द्रेइ कोर्तुनोभले भने, “रुसीहरु एकदम रुढिवादी छन् । उनीहरु आफ्नै देशमा विश्वास गर्दैनन् र यो देशबाट उत्पादित जस्तोसुकै वस्तुमा पनि सजिलै भरोसा गर्न सक्दैनन् ।” 

राष्ट्रिय स्तरमा लकडाउन नहुनु अनि सरकारी अधिकारीहरुले कोभिडबाट हुने मृत्युको उल्लेख नगर्नाले पनि सबैले खतरा टलिसक्यो भन्ने सोच्नु स्वभाविक भएको उनले बताए । 

यसैगरी अहिलेसम्म त्यहाँ राष्ट्रिय टेलिभिजनले पनि खोप लगाउन कुनै जोड दिएको छैन भने राष्ट्रपति भलाद्मिर पुटिन आफैँले यो खोप लगाएका छैनन् । 

त्यसैले देशमै पर्याप्त खोप हुँदाहुँदै पनि रुसमा केबल ४० लाख नागरिकले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले यसअघि ६ महिनामा ६० प्रतिशत जनतालाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो । 

खोप लगाएर घर फर्कदै गरेका पेन्सनर एनातोलीले अन्ततः खोप लगाउनु वास्तवमा धेरै ठूलो कुरा नभएको बताए । उनले भने, “खोप एकै क्षणमा सकियो । तर मलाई यसको साँच्चै आवश्यकता थियो थिएन भन्ने चाहिँ थाहा छैन । किनकी म अझै स्वस्थ नै छु । मैले केबल समोगोन पिउँदा हुन्छ ।” 

समोगोन घरमै बनाइने कडा किसिमको मदिरा हो । ७४ वर्षीय एनातोलीले फेरि हाँस्दै  भने, “मलाई यसले कोभिडबाट पनि जोगाउन सक्छ जस्तो लाग्छ । ” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC