site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अदालतको भिडियोमा देखा परिन् सुकी, फेरि नयाँ अभियोग लगाइयो 
Ghorahi CementGhorahi Cement

बीबीसी । सेनाले सत्ता लिएदेखि कैद गरि राखिएकी म्यानमारकी प्रमुख नेतृ आङ सान सुकीलाई उनका वकिलहरुले पहिलोपटक प्रत्यक्ष देखेका छन् । उनी आज भएको अदालतको ट्रायलमा भिडियो लिंक मार्फत उपस्थित भएकी थिइन् जसमा उनको स्वास्थ्य अवस्था राम्रै देखिएको सुकीका कानुनी टोलीले बताएका छन् । उनलाई कैद गरि राखिएको ठाउँ भने सार्वजनिक गरिएको छैन । 

आइतबारको हिंसात्मक दिनपछि सोमबार पनि प्रदर्शनकारीहरु सेना विरुद्ध सडकमा उत्रिएका छन् । आइतबार सुृरक्षाकर्मीको गोली लागि देशभरबाट १८ आन्दोलनकारीहरुको मृत्यु भएको खबर गरिएको थियो । तरपनि सुकीलाई रिहा नगरेसम्म अनि लोकतन्त्र पुनः स्थापना नभएसम्म आन्दोलन जारी राखिने उनीहरुले बताइरहेका छन् । यता सेना पक्षले चाहिँ नोभेम्बरको चुनावमा धाँधली भएकाले नै आफूले सत्ता हातमा लिइ फेरि चुनाव गराउने बताइरहेको छ । 

Agni Group

कहाँ छिन् सुकी ?

सुकीलाई फेब्रुअरी १ का दिन सेनाले नियन्त्रणमा लिएदेखि उनलाई सार्वजानिक स्थलमा देखिएको छैन । यसअघि उनीमाथि दुई कानुनी मुद्दा : अवैध रुपमा सुरक्षाकर्मीहरुले बोक्ने ’वाकि–टकिज’ राखेको र अर्को प्राकृतिक प्रकोपको कानुन उल्लंघन गरेको जारी गरिएको थियो । तर सोमबार फेरि उनलाई महामारीका बेला चुनाव अभियानमा सहभागी भइ कोभिड नियमको अवहेलना गरेको अनि चिन्ता र त्रास फैलाएको नयाँ अभियोग लगाइएको छ । ती सुरुवाती मुद्दाका लागि उनलाई तीन वर्षको जेल सजायँ हुन सक्नेछ । र अहिलेको नयाँ आरोपले सजायँ के कति थपिन सक्छ भन्ने स्पष्ट भएको छैन । उनको मुद्दा अब फेरि १५ मार्चसम्मका लागि स्थगित गरिएको छ । 

Global Ime bank

त्यसैगरी कैद गरि राखिएका राष्ट्रपति विन मिन्टलाई पनि प्यानल कोड अन्र्तगत कानुनी अभियोग लगाइएको छ । 

आज के भइरहेको छ म्यानमारमा ?

सोमबार पनि म्यानमारमा देशभर आन्दोलन जारी रह्यो । समाचार एजेन्सी एएफपी न्युजका अनुसार हतियार विहिन आन्दोलनकारी माथि सेनाले बन्दुक चलाउँदा भागाभाग मच्चिएको दृश्य देखिएको थियो । त्यो वास्तविक गोली थियो या रबरको भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ । त्यस्तै केही तस्बिरहरुमा सेनाले अश्रु ग्यास प्रयोग गरेको पनि देख्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC