site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रसंघको दूत बर्खास्तपछि म्यान्मारमा चर्कियो आन्दोलन, सातजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यान्मारका सैन्य शासकले देशका लागि संयुक्त राष्ट्रसंघका दूतलाई बर्खास्त गरेका छन् । सेनालाई सत्ताबाट हटाउन अपिल गरेको भोलिपल्टै दूत क्य मो तुनलाई पनि पदबाट हटाइएको छ । अर्कोतर्फ देशव्यापी रुपमा जारी आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनमा परि आइतबार सातजनाको मृत्यु भएको रोयटर्सले समाचारमा जनाएको छ ।

यस्तोमा भावुक हुँदै दूत तुनले शक्ति फिर्ता लिई लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई हस्तान्तरण नगरिएसम्म कसैले पनि सेनासँग सहकार्य नगर्न भनेका हुन् । शुक्रबार संयुक्त राष्ट्रसंघको साधारणसभामा तुनले बेदखल गरिएको सुकी सरकारको प्रतिनिधिका रुपमा अन्तर्राष्ट्रिय समुदायलाई सेनाविरुद्ध आवश्यक कदम उठाउन र म्यान्मारमा लोकतन्त्र पुनःस्थापना गर्न मद्दत मागेका थिए ।

निर्दोष जनतालाई दमनबाट जोगाउन तत्कालै सेनाको ‘कू’ अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । सो भाषणलाई बहादुरीपूर्ण भनेर विश्वभर प्रशंसा पनि गरिएको थियो । तर सेनाको राष्ट्रिय टेलिभिजनले शनिबार नै उनलाई बर्खास्त गरिएको भनेर घोषणा गरेको हो । यसमा उनले देशलाई धोका दिएको र आफ्नो मुलुकको प्रतिनिधित्व नगर्ने संगठनका लागि बोलेर शक्ति र पदको दुरुपयोग गरेको सेनाको आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता फेब्रुअरी १ मा सेनाले अचानक देशलाई आफ्नो हातमा लिइ आङ सान सुकीसहित सबै नेतालाई बन्दी बनाइएदेखि जारी देशव्यापी आन्दोलन शनिबार र आइतबार झन् हिंसात्मक बन्न पुगेको हो । सुरक्षाकर्मीहरूले प्रत्यक्ष बन्दुक, रबरको गोली अनि अश्रु-ग्यास प्रहार गरिरहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यसमा दर्जनौं व्यक्ति पक्राउ परेका छन् भने शनिबार मोन्या सहरमा एक महिलालाई गोली लागेको पनि खबर गरिएको छ ।

त्यस्तै आइतबार पनि आन्दोलन चर्किंदा प्रहरीको गोली लागि दुईजना घाइते भएको बताइएको छ । सेनाले दवेइ सहरमा गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको आशंका गरिएको छ । दावेइको वाच मिडियाका अनुसार कम्तीमा पनि एकजना मारिएका छन् भने दर्जनौँ घाइते भएका हुन् । तर मृत्युको खबर आइरहे पनि पुष्टि गर्न भने सकिएको छैन । मुख्य सहर यानगोनमा पनि आइतबार प्रहरीले बन्दुक चलाएको छ । जसपछि छातीमा गोली लागि अस्पताल ल्याइएका एकजनाको मृत्यु भएको त्यहीँका डाक्टरले रोयटर्ससँग बताएका हुन् ।

Global Ime bank

सेनाका प्रवक्ता या प्रहरी कसैले पनि यस विषयमा अहिलेसम्म केही भनेका छैनन् । मिडियामा सार्वजानिक यसअघिका विभिन्न तस्बिरमा सेनाले बल प्रयोग गर्न सुरु गरेको देखिएको छ जसमा यानगोनस्थित रगताम्मे अवस्थामा मान्छेहरू भागदौड गरिरहेको दृश्य पनि थियो ।

तर सेनाको आक्रामक प्रतिक्रियाका बाबजुद यानगोन, मेन्डेले र दवेइमा आन्दोलन जारी छ । प्रदर्शनकारीहरूले कुनै पनि हालतमा पछि नहट्ने बताइरहेका छन् । आन्दोलनकारी न्यान विन शेइनले रोयटर्ससँग भने, “उनीहरूले हामीलाई धकेल्छन् भने हामी फेरि उठ्नेछौँ, हामीमाथि हमला गरे भने हामी प्रतिरक्षा गर्नेछौँ । हामी सेनाको बुटका अगाडि कहिल्यै झुक्ने छैनौँ ।”

सेनाका लिडर जेनेरल मिन अङ ह्लेङले चाहिँ सेनाले प्रदर्शनकारीविरुद्ध एकदमै कम शक्ति प्रयोग गरिरहेको बताएका छन् । म्यान्मारका जनरलले परम्परागत रुपमै कूटनीतिक दबाबलाई बेवास्ता गर्ने गरेका छन् । यसपटक उनले नयाँ चुनाव गरिने भन्दै स्पष्टीकरण दिइरहेका छन् जसमा चुनावको मिति तोकिएको छैन ।

सुकीको पार्टी र उनका समर्थकहरूले चाहिँ नोभेम्बरको चुनावलाई सम्मान गर्न र अपनाउन माग गरिरहेका छन् । ७५ वर्षीया सुकी सेनाको शासनमा १५ वर्ष नजरबन्दमा बसेकी थिइन् । अहिले भने उनलाई विभिन्न कानुनी अभियोगमा बन्दी बनाइएको छ । उनको ट्रायल आगामी सोमबारका लागि निर्धारण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC