site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदीका महिलाहरूले अब सेनाका विभिन्न पदमा भर्ती हुन पाउने
Ghorahi CementGhorahi Cement

रियाद । साउदी अरबको रक्षा मन्त्रालयले महिलाहरूले पनि देशको सेनामा भर्ती हुन पाउने अधिकारसम्बन्धी नयाँ घोषणा गरेको छ । यसमा त्यहाँका महिलाहरूले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी न्याभी, साउदी मिसाइल फोर्स, मेडिकल फोर्सलगायत सबैतर्फ आवेदन दिन सक्ने बताइएको छ ।

वास्तवमा यो राजकुमार मोहोम्मद बिन सल्मानको ‘भिजन २०३०’ परियोजनाअन्तर्गतको कदम भएको बताइएको छ । जसमा उनले महिलाहरूलाई सबै क्षेत्रमा अघि बढाउन नियमहरू परिमार्जित गराउँदै लैजाने वचन दिएका थिए । 
साउदी अरबमा महिलाहरूलाई धेरै काममा सीमित गरिएको छ- जस्तै रेस्टुरेन्ट, क्यासिअर, सपिङ मललगायतमा महिलाहरूलाई काम गर्न अनुमति छैन । यी काममा उनीहरू सम्बन्ध नभएका पुरुषहरूसँग सम्पर्कमा आउनुपर्ने हुनाले महिलालाई त्यस्ता काममा राख्ने गरिएको छैन ।

Agni Group

तर अब भने बिस्तारै उनीहरूले पुरुषका लागि मात्र भनिएका काममा पनि सहभागी हुने देखिएको छ । सेनामा भर्ती हुनेसम्बन्धी चाहिँ २०१९ मै अनुमति दिइने भनिएको थियो । त्यही वर्ष राज्यले महिलाहरूलाई देशबाहिर जाँदा पुरुष नातेदारको अनुमति आवश्यक पर्ने नियम पनि हटाएको थियो ।

रक्षा मन्त्रालयले महिला र पुरुष दुवैका लागि सेनाका विभिन्न पदमा आवेदन खुलाइएको घोषणा गरेको हो । मन्त्रालयका अनुसार महिलाहरू अब सेना, ल्यान्स कोर्पोरल्स, सर्जिएन्ट्स र स्टाफ सर्जिएन्ट्सका रुपमा कार्यरत हुन पाउनेछन् । यसमा उनीहरूको उमेर २१ देखि ४० वर्षबीच हुन आवश्यक रहेको बताइएको छ । त्यस्तै उचाइ पनि १५५ सेन्टिमिटरभन्दा माथि हुनुपर्ने बताइएको छ ।

Global Ime bank

यसमा भर्ना हुने सबै प्रक्रियामा पास भई सफा रेकर्ड अनि शारीरिक रुपमा स्वस्थ हुन पनि जरुरी रहेको छ । यसैगरी सबैसँग स्वतन्त्र राष्ट्रिय परिचयपत्र पनि हुनुपर्ने हुन्छ, उच्च शिक्षा प्राप्त गरेको हुनुपर्नेछ भने साउदीभन्दा बाहिरका पुरुषसँग विवाह गरेको हुनु हुँदैन ।
-बिजनेस टुडे

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC