site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सेक्सी’ चिया बेचेकै कारण माफी माग्नुपर्‍यो
Ghorahi CementGhorahi Cement

वेइजिङ । चीनको एउटा चर्चित पेय पदार्थ कम्पनीलाई आफ्नो नयाँ उत्पादनमा सेक्सियस्ट नारा लेखेकै कारण सामाजिक सन्जालमा आलोचना झेल्नु पर्‍यो । अन्तत: त्यस कम्पनीले माफी नै माग्नु पर्‍यो ।

‘सेक्सी टी’ पसलले हालै चिया खाने नयाँ मग बजारमा ल्याएको थियो । मगमा कम्पनीले हुनान प्रान्तको राजधानीमा बोलिने थुप्रै भनाइ प्रिन्ट गरेको छ । जसमध्ये ‘मोल-भाउ’ शब्द लेखिएको थियो, यो शब्द कारोबारका क्रममा सस्तो डिलका लागि प्रयोग गरिन्छ । साथै आफ्नो चिया पर्खिंदासम्म महिलाहरुलाई छान्न सकिने भन्दै लेखेका थिए । 

Agni Group

मगमा छापिएको एउटा फोटो चीनमा प्रयोग हुने सामाजिक सन्जाल विगोमा आएपछि आलोचना हुन थालेको हो । चर्को आलोचनापछि कम्पनीले लामो बयान जारी गर्दै माफी मागेको छ । कम्पनीले जारी गरेको बयानमा यसो भनिएको छ, “हामीले एउटा अनुचित वाक्य बनायौं, स्थानीय बोलीचालीमा पनि मान्छेहरुले स्वीकार गरेनन्... हामी निकै लज्जास्पद छौं । हामीले महिलालाई अपमानित गर्न खोजेका थिएनौं ।” 

अगाडि लेखिएको छ, “यो थिममा बनाएका मगहरु हामी बजारबाट फिर्ता लिन तयार छौं र हामीले यो घटनालाई गम्भीरतापूर्वक लिएका छौं ।” विगो प्रयोगकर्ताका अनुसार यस कम्पनीले पहिले पनि यस्ता स्थानीय भनाइलाई सेक्सी तरिकाले प्रयोग गरेको आरोप लगाएको छ ।

Global Ime bank

यसअघि यो चिया पसलले आफ्नो टी ब्यागमा भ्यागुताको चित्र राखेर ‘मास्टर, आई वान्ट यू' स्लोगन राखेको थियो । जसमा भ्यागुता स्पमजस्तो देखियो भनेर विवाद उठेको थियो । यसको बचाउमा कम्पनीले महिलालाई अपमान गर्ने उद्देश्य नभएको बताएको थियो । 
-बीबीसी हिन्दी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC