site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अब फिंगरप्रिन्ट जस्तै हातको ‘नसा’ मार्फत पनि एआईले पहिचान गर्न सक्ने 
Sarbottam CementSarbottam Cement

सीएनएन । अब फिंगरप्रिन्ट र ‘फेसियल रिकग्निसन’ अर्थात् अनुहार पहिचान प्रविधि मात्र होइन, हाम्रो हातमा देखिने नसामार्फत पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले हामीलाई पहिचान गर्न सक्नेछ । 

पछिल्ला केही वर्ष ‘बायोमेट्रिक’ पहिचान प्रणाली बढी लोकप्रिय बनेको छ । यसमा पनि विशेषगरी व्यक्तिको अनुहारबाट पहिचान गर्ने प्रविधि अचेल विमानस्थलदेखि पुलिस विभाग र नाइट क्लबमा समेत प्रयोग भइरहेको छ । त्यस्तै आँखा, औँलाको प्रिन्ट पनि विविध सुरक्षा प्रणालीमा प्रयोग गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर फिंगरप्रिन्टलाई सजिलै सतहमा छोएको ठाउँबाट संकलन गरी नक्कली प्रिन्ट बनाउन सकिन्छ भने अनुहार चिन्ने प्रणालीलाई चाहिँ सामाजिक सन्जालबाट प्राप्त तस्बिरहरूमार्फत छल्न सकिन्छ । त्यस्तै कन्ट्याक्ट लेन्स प्रयोग गरी आँखाबाट पहिचान गर्ने प्रणालीलाई पनि जित्न सकिने युनिभर्सिटी अफ न्यु साउथ वेल्सस्थित ‘स्कुल अफ कम्प्युटर साइन्स’ का अनुसन्धानकर्ता सयेद साहले बताए । अर्कोतर्फ छालाभित्र देखिने नसाले चाहिँ बाहिर कुनै प्रिन्ट नछाड्ने हुँदा यसमा आधारित सुरक्षा प्रणालीलाई छल्न तुलनात्मक रुपमा बढी कठिन हुने विश्वास रहेको उनी बताउँछन् । 

खोजकर्ताहरूले यसका लागि ‘अफ-द-सेल्फ डेफ्त’ क्यामराको प्रयोग गरेका हुन् , यो ‘इन्टेल रियलसेन्स डी ४१५ डेप्थ क्यामरा’ हो । यसमा ३५ जनालाई मुठ्ठी पार्न लगाएर त्यसपछि छालामा देखिने नसाको १७ हजार ५०० वटा तस्बिर लिई नसाको प्याटर्न स्थापित गरिएको थियो ।

Global Ime bank

यसपछि अन्त्यमा उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, एआईको प्रयोग गरी सबै तस्बिरबाट छुट्याउन सकिने फरक विशेषता निकालेका हुन् र त्यसैलाई व्यक्तिको पहिचान गर्न प्रयोग गरेका हुन् । यसले ३५ समूहका सहभागीमा ९९ प्रतिशत सही नतिजा ल्याएको थियो । 

साहले व्याख्या गर्दै भने, “विशेषगरी मुठ्ठी पारेर नसाको प्याटर्न निकालिने हुँदा यसले अन्य तरिकाबाट छल गरी सो प्याटर्न हासिल गर्न कठिन बनाइदिन्छ ।” उनका अनुसार नसाको प्याटर्नबाट पहिचान गर्ने प्रणाली नयाँ भने होइन । तर उनको टिमले भने यसका लागि अफ-द-सेल्फ थ्रीडी क्यामराको प्रयोग गरेको छ । अस्ट्रेलियामा गरिएको यो रिसर्च ‘आईईटी बायोमेट्रिक्स’ मा प्रकाशित गरिएको छ जसमा यो प्रविधि व्यक्तिगत डिभाइस जस्तै ल्यापटप, मोबाइललगायतमा पनि प्रयोग गर्न सकिने देखाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  २३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC