site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काबुलमा तीन बम विस्फोट, पाँचजनाको मृत्यु
तस्बिरः एपी ।
Ghorahi CementGhorahi Cement

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्षित गर्दैै भएका तीनवटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी र एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै, यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

Agni Group

विस्फोहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो भने तेस्रो विस्फोट शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले बताएका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC