site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारकी सुकीमाथि सेनाले लगायो थप नयाँ अभियोग, के छ अवस्था ?
Sarbottam CementSarbottam Cement

बीबीसी । म्यानमार सेनाले यसअघि कैद गरी राखिएकी प्रमुख विपक्षी नेतृ आङसान सुकीमाथि दोस्रो अपराधिक अभियोग लगाएको छ ।

फेब्रुअरी १ तारिखका दिन सेनाले सत्ता हातमा लिए गत्तै आफ्नै घरमा नजरबन्द गरिएकी सुकीलाई फेब्रुअरी १४ मै रिहा गर्ने भनिएको थियो । तर, सेनाले थप दुई दिनपछि मात्र उनको मुद्दा अघि बढाइने बताएको हो । यसमा उनले सुरक्षाकर्मीहरुसँग हुने वाकीटकीजस्ता अवैध साधन राखेको आरोप रहेको थियो । अहिले भने सेनाले उनलाई देशको प्राकृतिक प्रकोप कानुनको समेत उल्लंघन गरेको अभियोग लगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार यिनै मुद्दाका लागि भिडियोमार्फत ‘ट्रायल’मा उपस्थित भएकी सुकीमाथि लगाइएको यो नयाँ अभियोग केसम्बन्धी छ भन्नेचाहिँ स्पष्ट भएको छैन ।

हजारौँका संख्यामा मानिसहरु आन्दोलनमा उत्रिने क्रम नरोकिएका बेला सेनाले भने फेरि पनि नयाँ चुनाव गराउने र सत्ता हस्तान्तरण गरिने बताएको छ । प्रदर्शनकारीहरुले सेनाको विरोध गर्दै सबै निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

Global Ime bank

सेना सरकारमा आएदेखिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जेनेरल मिन तुनले सेना लामो समयसम्म सत्तामा नरहने बताएका हुन् र निर्वाचनपश्चात् जित्ने पार्टीलाई देश हस्तान्तरण गरिने वचन दिएका छन् । तर, उनले चुनावको मितिसम्बन्धी भने कुनै जानकारी दिएका छैनन् । राजधानी नपिदबाट बोल्दै उनले फेरि पनि बिनाकुनै प्रमाण नोभेम्बरको चुनावमा धाँधली भएको कुरा दोहोर्‍याएका छन् । सो चुनावमा नेतृ सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले अधिकतम बहुमत ल्याउँदै जित हासिल गरेको थियो । सेनाले त्यसमा धाँधली भएको कारण देखाउँदै फेब्रुअरी १ को ‘कू’ लाई न्यायोचित तुल्याउने प्रयास गर्दै आएको छ ।

मंगलबारको ट्रायलमा सुकीले कानुनी व्यवस्थासम्बन्धी प्रश्नको मात्र जवाफ दिएकी हुन् । उनको अर्को ट्रायल १ मार्चका लागि तय गरिएको छ । मिन तुनका अनुसार सुरक्षाका कारण सुकीलाई उनकै घरमा राखिएको छ र उनी स्वस्थ र सहज तरिकाले बसिरहेको उनले बताएका छन् ।

तर पनि यतिबेला म्यानमारको स्थिति चिन्ताजनक नै मानिएको छ । जहाँ बैंकहरुमा नगदको अभाव सुरु भइसकेको छ । थप अस्थिरता हुने डरले मानिसहरु अझै पनि बैंकबाहिर लामो लाइनमा बसेको देख्न सकिन्छ । त्यस्तै, कोभिड–१९ को परीक्षण गराउने काम पनि पूर्ण रूपमा स्थगित भएको छ । पछिल्ला केही दिन सेनाको ठूलो उपस्थितिका कारण आन्दोलनहरु गत हप्ताको तुलनामा केही सानो देखिएको छ । अघिल्लो साता हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

त्यस्तै, हिंसात्मक झडपबारे पनि खबर आइरहेका छन् । जसमा विभिन्न सहरमा मानिसहरुले रातिको समय जबर्जस्ती छापा मार्न घरमा घुस्नेहरुको रेखदेख गर्न समूह बनाइरहेका छन् । सेनाले अशान्ति फैलाउन त्यस किसिमको हुल परिचालन गरेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC