site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सरकारबाट सहयोग पाउने आशा नै छैन’
Ghorahi CementGhorahi Cement

पोखरा । कास्कीका व्यवसायी नवराज गौतमले सरकारबाटै सहयोग पाउने आशा नै नरहेको बताएका छन् । 

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी मासु व्यवसायी गौतमले आफ्ना समस्या यसरी सुनाए ।

हाम्रा गुनासा सुन्ने कार्यक्रम आयोजना गरिदिनुभएकोमा बाह्रखरी मिडियालाई धन्यवाद ।

Agni Group

विशेषतः हामीहरुलाई के समस्या परेको छ भने, हाम्रो मेन फोकस भनेको लेकसाइड नै हो । यहाँ धेरै होटेलहरु र पर्यटकहरु आउने भएका कारण खपत पनि बढी हुन्थ्यो । तर, कोभिड १९ ले गर्दा होटेल व्यवसाय नै चलेनन् । माग कम भयो । माग कम भएपछि मर्का त परि नै हाल्यो । किसानहरुले उत्तिकै दुःख पाए । आफूले गरेको व्यवसाय एकदमै कम मूल्यमा बेच्न बाध्य भए ।

समस्याहरु धेरै नै छन् । राज्यले भनेका केही नीति ठिक छन्, तर त्यहाँ त पहुँचको कुरा हुन्छ । पहुँच नभएपछि अनुदानलगायत राज्यका सुविधा पाउने अवस्था नै छैन । राज्यले दिएको ऋण खान पनि सजिलो छैन, तिर्न पनि सजिलो छैन । अहिले त झन् व्यवसाय नै ठप्प छ । अब त केही सहज हुन्छ कि जस्तो छ ।

Global Ime bank

राज्यले त पर्यटन व्यवसायीहरुलाई सहुलियत ब्याजमा ऋण दिने भनेको छ, तर म चाहिँ अहिलेसम्म बैंक गएको छैन । घरबेटीलाई जसोतसो भाडा दिएकै छ । अहिलेसम्म त ठिकै छ, तर यस्तै रहिरह्यो भने चाहिँ ऋण लिनुको विकल्प छैन ।

आन्तरिक पर्यटनको माहोल बढेको हो कि जस्तो देखिएको छ । केही मान्छेहरु आउनुभएको छ, व्यवसाय चलेको भन्दा पनि सुरु भएको हो कि जस्तो छ । सास फेर्न सहज हुन्छ कि जस्तो छ । सजिलो त पक्कै छैन ।

 

 

राहतकै कुरा गर्दा पनि लकडाउनको बेलामा पनि सरकारले केही गरेन । एउटा पनि राहत दिनुपर्छ भनेर आएको जस्तो मलाई लाग्दैन । अहिले त झन खुलेको अवस्था छ, उनीहरुले गर्छन भन्ने सोचेको छ कि । देशमा अहिले आफै कुर्सी तानातानमा छन् । राज्यले कहिल्यै पनि जनता छन् भनेर सोच्छन जस्तो नै लाग्दैन मलाई ।

हामीलाई कोभिड भनेर घरभित्रै थुन्ने, आफूहरु चाहिँ कार्यकर्ता लिएर आन्दोलनमा उत्रिएका छन् । व्यवसायी, जनताका बारेमा सोच्नु त कता हो कता ? करमात्रै उठाउन लागेको छ । ऋण खोजेर कर पनि तिरियो । राहत दिने त सरकारको सोचाई नै छैन । दिए त राम्रो नि । जनतलाई सहयोग गर्‍यौँ, देश चलायमान गराऔँ, जनताको हितमा काम गरौँ भन्ने त सोचेकै छैन नि ।

 

 

आश गरौँ, भर नपरौँ । गर्नु त हामीलाई नै छ । ऋण लागेपनि हामीलाई नै लाग्ने हो । राज्यको त कत्ति पनि विश्वास नै छैन । बोल्न त बोलेकै छन नि तर काम चाहिँ हुँदैहुँदैन । अस्ति घर हिँडेका मान्छेले खान पाएनन, अहिले आन्दोलन छ । मेरो त मानसिकता नै त्यस्तो बनिसकेको छ । समस्या देखाएर समस्याको समाधान हुँदैन, त्यसमाथि राज्यलाई देखाएर त झनै हुँदैन । हामी डुबेको मान्छे तैरिने कसरी ?

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो ।

सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।  

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC