site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 मैले देखेको सपना

म घोत्लिरहेको थिएँ घरको बरन्डामा बसेर अगाडिको एउटा सानो तलाउ हेर्दै र त्यसैको आडमा अग्लिँदै गरेका हरिया वृक्षहरु नियाल्दै । अमेरिका आएको पनि झन्डै १२ वर्ष भइसकेछ नेपाल फर्किन्छु भन्दाभन्दै । केले हो केले कसरी तान्यो तान्यो ? नेपाल फर्किन्छु भन्दाभन्दै यतिका वर्ष बितिसके  । निरद सी चौधरीले लेखेको पुस्तक ’द कनटिनेन्ट अफ् सर्सी’ मा फसेजस्तो भइरहेको छ । न फ्याट्ट छोड्न सक्छु न यतै बसेर खुसी छु ।  एउटा चरो भुर्र उँडेर तलाउ छेउ पुग्छ र पानीसँग खेल्छ । म त्यही कुर्सीमा एकछिन निदाउँछु ।

अहा कति सुन्दर नेपाल !  साच्चै सुन्दर, शान्त र विशाल ! विदेशिएका युवा सबै देशभित्र आइसकेछन् । देशभित्रै सबै रोजगार भइसकेछन् । हरेक कुरा ’पब्लिक पार्टनर्सिप’को अवधारणामा चल्न थालेछ । ठाउँठाउँ, चोक गल्ली सबैतिर सहरी सुविधा पुगिसकेछ । कृषि व्यवसायदेखि कलकारखानासम्म सबै आधुनिक भइसकेछन् ।

एउटा सभ्य र सुसंस्कृत समाजको निर्माण भइसकेको रहेछ नेपालमा । सबै नेपाली आफ्नै देश फर्केर परिवार र माटोसँग रमाउन पो थालिसकेछन्  । कसैले पनि जात र धर्मको नाममा अपहेलित हुनुपर्ने दिन गइसकेछ ।  महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका समुदाय सबैले इज्जत र सम्मानका साथ् बाँच्न पाउन थालेछन्   ।

Prabhu Bank
Agni Group
NIC Asia

 गाउँमा सहर जत्तिकै सुविधा पुगेछ  ।  झोलुङे पुल भएका ठाउँ फ्लाई ओभर भइसकेछ । शिक्षा, स्वास्थ्य, खानेपानी, गाँस, वास र कपासको समस्या हुने छोडेछ । सबैलाई दिएर खान पुग्न थालेछ  । एउटा यस्तो सभ्य राजनीतिको विकास भइसकेछ जहाँ अब बन्ने कुनै पनि नेता जनताको छीछी र दूरदूरको पात्र हुन छोडेछन् । सभ्य जनता जन्मिन र सभ्य नेता चुनिन थालेछन् । नराम्रो मानिसलाई भोट दिएर अब जनताबाट पनि गल्ती हुन छोडेछ । सबै ठाउँमा बाटो पुगिसकेको रहेछ    ।

पार्टीको प्रमुख एजेन्डामा तन, मन, वचन र कर्मले मानवीयता नै मूल मन्त्र बन्न थालेछ ।   जनताको नाममा बोलिने गाँस, वास, कपास, स्वास्थ्य र शिक्षा जनताका सहज पहुँचका विषय हुन थालेछन् । जनताका हकहितबाहेक सत्तामा पुग्नेको कुनै बदनियत वा व्यक्तिगत स्वार्थ हुन छोडेछ । मानवीयता राजनीतिको प्रमुख एजेन्डा हुन् थालेछ । नेताहरु विभिन्न वर्ग, पिछडिएका समुदाय, महिला, बालबालिकाको पक्षमा रहेर उनीहरुको तर्फबाट सोच्न र उनीहरुको पीडा बुझ्न, आत्मसात गर्न थालेछन्  ।    

Global Ime bank

नेताहरुको नैतिक नेतृत्वको कारण  देशको  हुनुपर्ने आर्थिक, सामाजिक, राजनीतिक विकास  हुन थालिसकेको रहेछ । सदियौंदेखि एउटै वर्गले  गरिराखेको शासन परिवर्तन भइसकेको रहेछ । उसलाई उज्यालो मन पर्न थालेछ । 

व्यवहारमा परिवर्तन भइसकेको रहेछ । सबैले परिवर्तन देख्न, महसुस गर्न थालिसकेका रहेछन् ।  नयाँ पुस्ताले देशको बागडोर समालिसकेको रहेछ  । आफूलाई महानायक ठान्ने तर काम गर्न नसक्ने पात्रहरुको हातबाट ग्रिक पूराकथाका पात्र प्रोमिथसले ईश्वरको हातबाट आगो चोरेजस्तो गरी नेतृत्व युवापुस्ताले फुत्काइसकेको रहेछ  ।  
डा. गोबिन्द केसीजस्ता मान्छेहरु सत्याग्रहमा बस्नुपर्ने दिन आउन छोडिसकेको रहेछ  । निर्मलाहरु छाती  खोलेर साँझ एक्लै हिँड्न सक्ने समय आइसकेको रहेछ  । जातभन्दा माथि प्रेम मानिन थालेछ  ।  सुत्केरी महिलाले उपचार नपाएर मर्नुपर्ने दिन गएछ  । बाटो नपाएर समयमा अस्पताल नपुग्नाले ज्यान गुमाउनु पर्ने दिन एकादेशको कथा हुन पुगेछ   ।  

सांसदहरुको संख्या घटेर न्यून भएछ । बुद्धिमान र ज्ञानी सांसद संसद्मा चुनिन थालेछन् । सार्वजनिक सम्पत्तिको तोडफोड र कुर्सी भाँच्ने काम हुन छाडेछ । अनेक बहानामा राष्ट्रको ढुकुटी निमिट्यान्न पार्ने काम हुन छोडेछ   । जनताको कर र पसिना गरिबको पेट भर्न र लाज छेक्न प्रयोग हुन थालेछ ।

गाउँगाउँमा अस्पताल बनिसकेको रहेछ । बाटोघाटो, बिजुली, पानी, शिक्षा, सहरीकरण र विकेन्द्रीकरण सँगै रहेछन् सामाजिक चेतना, महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान, जातीय हिंसाविरुद्ध आवाज पनि ।  राजनीति गर्ने मान्छे विवेकी, दूरदर्शी हुन थालेछन् । माफियाको पछि कुद्न छोडेछन् । राज्यले मानवीयतालाई प्रमुख लक्ष्य बनाउनाले देश र जनताले सुख पाउन थालेछन् ।  

परलोक भईसकेका हाम्रा हजुरबाहजुरआमाहरु स्वर्गबाटै मुस्कुराउँदै डिजिटल युगको सुविधा लिएर स्वर्गबाटै स्काइप गर्दै भन्दै रहेछन् — ’धन्य भए !’  

म झल्यास बिउँझे । यो त सपना पो रहेछ !  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC