site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इजरायलको नर्सिङ क्षेत्रमा नेपालीहरु लैजाने तयारी हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर लैजाने सम्झौता हुन लागेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

निकट भविष्यमा नै नेपाल सरकार र इजरायल सरकारबीच सरकारीस्तरमा नै सम्झौता हुन लागेको जनाउँदै नेपालबाट इजरायल जाने नेपालीहरु अस्पताल, नर्सीङ होम, डे केयरमा नेपाली केयरगिभर लैजाने तयारी भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

साथै, नेपालीहरु त्यहाँ पुगेपछि नेपाली केयर गिभरहरुले काम गर्नुपर्ने ठाउँमा राजदूत डा. अन्जान शाक्यले स्थलगत भ्रमण गरेकी छिन् ।

Agni Group

भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हनान गोदर नेपाली राजदूतावासका द्वितीय सचिव अर्जुन घिमिरे, इजरायली स्वास्थ्य मन्त्रालय, इजरायली श्रम मन्त्रालय, इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिलगायतको समेत उपस्थिति थियो ।

 विज्ञप्तीमा जनाइएको छ, "ईजरायलमा नेपाली केयरगिभरहरु आउन लागेको पूर्व सन्ध्यामा कार्यस्थल एवम् कार्य वातावरणको जानकारी लिने उद्देश्यले गरिएको भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।"

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC