site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
कतारबाट नेपाल एयरलाइन्सका थप उडानहरु हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सको दोहा-काठमाडौंका लागि थप उडानहरु हुने भएका छन्।

यसरी थप भएका उडानहरु असोज १०, ११, १३ र १४ गतेको लागि तय गरिएको दोहास्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । 

यसअघि दूतावासले नाम प्रकाशित गरेको तर  विभिन्‍न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्ने दूतावासले जनाएको छ । उक्त उडानमा सहभागी हुन चाहने नेपालीहरुले दूतावासले तोकेको ट्राभल एजेन्सीमा सम्पर्क गर्नपर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको भदौ ४ को निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको कोभिड - १९ पीसीआर परीक्षण गरी कोरोना संक्रमण नभएको प्रमाण लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाइने छ । यात्रा गर्दा उक्त प्रमाणपत्रको सक्कल साथमा राख्नुपर्नेछ । साथै विमानस्थल चेकिङ काउन्टरका लागि एक प्रति फोटोकपीसमेत साथमा राख्नु पर्नेछ ।

कोरोना परीक्षण नगरी नेपाल फर्किन चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने तथा कोराना परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाइने व्यवस्था रहेको छ ।

Global Ime bank

होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ । नेपाल फर्किने प्रयोजनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को कोरोना परीक्षण निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने दूतावासले जान जनाएको छ ।

उक्त उडानको हवाई भाडा नेपाली रुपयाँ ४५ हजार ९९० (कतारी रियाल १,४३०) लाग्‍ने दूतावासले जनाएको छ ।

दूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाई टिकट खरिद गर्न थप शुल्क बुझाउनु परेको गुनासाहरु दूतावासले प्राप्त गरेकोले यस प्रकारको कुनै शुल्क तिर्नु नपर्ने दूतावासले स्पष्ट पारेको छ । त्यस्तो शुल्क असुल गरेको पाइएमा कारबाही गरिने जनाइएको छ । 

सुत्केरी तथा गर्भवती महिला र कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट 'फिट टु फ्लाई' सिफारिसपत्र अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्ने छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC