site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 के हो जीवनको उद्देश्य?
Agni Group
Global Ime bank

हामी सबैका अनेकौं इच्छा हुन्छन् । कसैलाई सफल हुने इच्छा, त्यसलाई पूरा गर्ने इच्छा र जीवनलाई सार्थक बनाउने इच्छा हुन्छ  । उद्देश्यले लगनशील गराउँछ । प्रत्येक दिन तपाई आफैसँग यस्तो प्रश्न गर्नुहोस् —  के म आफ्नो जीवनको उद्देश्यको नजिक पुगेको छु? के मैले संसारलाई बस्नको निमित्त योग्य र उत्तम ठाउँ बनाउन सक्छु वा बनाइरहेको छु ? यसको उत्तर छैन भन्ने आयो भने तपाईँले आफ्नो जीवन बर्बाद गर्नुभयो । किनभने जीवन हामीलाई त्यही हिसाबबाट दिइएको छ जस्तो हिसाब हामीले उसलाई दिएका छौँ । हामीले जीवनमा आफ्नो उद्देश्य जति चाँडै खोज्छौँ त्यति नै राम्रो हुन्छ । जब हामी यो खोज्न सफल हुन्छौं तब व्यक्तिगत फाइदा र सामाजिक जिम्मेदारीहरूबीचको संघर्षमा एउटा नैतिक सन्तुलन आउँछ । यसो गर्दा हामी जागरुक, अझै सक्रिय भई आफ्नो उद्देश्यतर्फ दीर्घकालीन हित हुनेगरी सही निर्णय लिन थाल्छौँ ।.

हामी सबैजना यस धर्तीमा एउटा उद्देश्य लिई आएका छौँ । अर्थात, प्रकृतिले हामीलाई त्यसैगरी पठाएको छ । तर, हामीमध्ये थोरैले मात्र जीवनमा आफ्नो लक्ष्यको पहिचान  गर्छन् ।  धेरै त बाँच्नेमात्र हुन् । तिनले समयलाई बेवास्ता  गर्दै आफ्ना दिन गन्छन् । कसैले भनेका छन् — जीवनको बाटोमा हेर्ने क्रममा आफ्नो आँखा लक्ष्यमा केन्द्रित गर्नुहोस्  । आँपमाथि ध्यान दिनुहोस् कोयामा होइन । हामीमा उद्देश्य हासिल गर्न सही दिशा, दृढनिश्चय, समयको सीमा, त्यसप्रति  समर्पण र अनुशासन भएमात्रै हासिल गर्न सक्छौँ । वासिङटन   इरविङले पनि भनेका छन् — महान् मानिसहरुको मस्तिष्क उद्देश्यले भरिएको हुन्छ भने अरु मानिसहरूसँग मात्र इच्छा हुन्छ  । झमककुमारी घिमिरेले आफू अशक्त भए पनि पढ्ने उद्देश्य लिई आज धेरै साहित्य रचना गरेर हामीबीच प्रेरणाको पात्र बनेकी छिन् ।

हामीले जिन्दगीमा आफ्ना उद्देश्य प्राप्त गर्दा निकै चुनौतीको सामना गर्छौं । त्यस्ता चुनौतीलाई अवसरको रुपमा स्वीकारी अघि बढ्यौँ भने उद्देश्य हासिल हुन्छ । लायड जोन्सले भनेका छन् — केही गर्ने प्रयत्न गरेर असफल हुने मानिसहरु ती मानिसहरु भन्दा लाखौं गुना राम्रा हुन्छन् जो केही पनि नगरीकन सफल हुन्छन् । 
लक्ष्यलाई सानो सानो भागमा बाँड्न सके हासिल गर्न सजिलो हुन्छ । हामी जुनसुकै उमेरको भए पनि उद्देश्य प्राप्त गर्ने अठोट भए त्यो पक्कै पनि पूरा हुन्छ । जिन गार्डोनले पनि भनेका छन् — जीवनमा लामो पाइला बढाउन मुस्किल होला तर एक एक इन्च गरी बढाउन त सजिलो हुन्छ । सबैभन्दा पहिले उद्देश्य हासिल गर्न चाहिने वस्तु हामी स्वयं नै हौँ । हाम्रो उद्देश्य हासिल गर्ने गन्तव्यको यात्रु हामी नै हौँ । त्यसकारण निरन्तर प्रयास र असफल हुँदा गल्तीहरुबाट सिकी कहिल्यै हरेस नखाए हामी सबैले  आफ्ना उद्देश्य प्राप्त गर्नेछौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC