site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
कुवेतबाट २ वटा चार्टर उडान हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन जारी गरिएपछि केही दिनका लागि स्थगित गरिएको उद्धार उडान फेरि सुरु हुने भएको छ । 

मंगलबार कुवेतमा रहेको नेपाली दूतावासले कुवेतमा कोरोनाको कारण समस्यामा परेर नेपाल फर्किनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई उद्धार गर्नको लागि २ वटा चार्टर उडान तालिका सार्वजनिक गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दूतावासका अनुसार नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले भदौ १२ र १५ गते काठमाडौंका लागि उडान भर्नेछ ।

यसअघि दूतावासबाट विभिन्न मितिमा प्रकाशित सूचिमा नाम समावेश भएर टिकट खरिद र बुकिङ गरेका यात्रुहरुलाई रिकन्फर्मृेसनको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न दूतावासले स्वदेश फर्कने नेपालीहरुलाई अनुरोध गरेको छ । 

Global Ime bank

त्यस्तै कोरोनाको संक्रमण नभएको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ । कोरोनाको कारण समस्यामा परेर कुवेतबाट हालसम्म ६ हजार ३२९ जना नेपालीहरु स्वदेश फर्किएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC