site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली स्वदेश फर्काउन साउदीबाट हुने उडान तालिका सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन जारी गरिएपछि केही दिनका लागि स्थगित गरिएको उद्धार उडान फेरि सुरु हुने भएको छ । 

सोमबार रियादस्थित नेपाली दूतावासले साउदीमा कोरोनाको कारण समस्यामा परेर नेपाल फर्किनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई उद्धार गर्नको लागि चार्टर उडान तालिका सार्वजनिक गरेको छ । 

Agni Group

भदौ १० गते नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको एक-एक वटा चार्टर उडान गर्दै कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याउने भएका हुन् । 

उक्त उडानमा यसअघि स्वदेश फर्किनको लागि टिकट काटेकाहरु मुख्य प्राथमिकतामा हुने भएकोले यसअघिको उडानको लागि टिकट लिइसकेका यात्रुहरुले आफ्नो एयरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न दूतावासले आग्रह गरेको छ । 

Global Ime bank

हवाई यात्राको समयमा कोभिड-१९ को १०० प्रतिशत पीसीआर नेगेटिभ रिपोर्ट भएका व्याक्तिहरुले मात्र यात्रा गर्न पाउनेछन् ।  कोभिड–१९ को पीसीआर परीक्षणबाहेक अन्य परीक्षणहरु मान्य नहुने उक्त सूचनामा उल्लेख गरिएको छ । 

एउटा उडानमा कोरोना परीक्षण गरेका र नगरेका यात्रुहरु मिसाएर उडान गर्न नपाइने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।  कोरोना परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा गएमा अनिवार्यरुपमा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने केन्द्रले जनाएको छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुहरुको हकमा कम्तिमा सात दिनको होटलको खर्च उठाउने र होटेललाई भुक्तानी गर्ने जिम्मा सम्बन्धित एयरलाइन्सको हुने समेत दूतावासको विज्ञप्तिमा जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC