site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
मलेसियाबाट ५ वटा चार्टर उडान हुँदै, यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन जारी गरिएपछि केही दिनका लागि स्थगित गरिएको उद्धार उडान फेरि सुरु हुने भएको छ । 

सोमबार मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा कोरोनाको कारण समस्यामा परेर नेपाल फर्किनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई उद्धार गर्नको लागि चार्टर उडान तालिका सार्वजनिक गरेको छ । 

भदौ १२ गते नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको एक-एक वटा चार्टर उडान गर्ने भएका छन् भदौ १३ गते नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सको एक-एक गरी जम्मा ५ उडान हुने भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त उडानमा यसअघि स्वदेश फर्किनको लागि टिकट काटेकाहरु मुख्य प्राथमिकतामा हुने भएकोले भदौ ३, ४ र ५ गतेको लागि टिकट लिइसकेका यात्रुहरुले आफ्नो एयरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न दूतावासले आग्रह गरेको छ । 

Global Ime bank

हवाई यात्राको समयमा कोभिड-१९ को पीसीआर नेगेटिभ रिपोर्ट भएका व्याक्तिहरुले मात्र यात्रा गर्न पाउनेछन् ।  कोभिड–१९ को पीसीआर परीक्षणबाहेक अन्य परीक्षणहरु मान्य नहुने उक्त सूचनामा उल्लेख गरिएको छ । साथै पीसीआर रिपोर्ट नेपाल पुग्‍ने दिनसम्ममा गरी सात दिन भित्रको हुनु पर्नेछ । 

पहिले पीसीआर परीक्षण गरिसकेका र नेपाल पुग्‍ने दिनसम्ममा ७ दिनभन्दा बढी भएका व्यक्तिहरुले पुन पीसीआर परीक्षण गर्नुपर्ने छ । 

यात्रा गर्नुपूर्व यहाँ लिंकमा उपलब्ध अनलाइन फाराम भरेर उक्त फाराम प्रिन्ट गरी साथै राख्नु पर्नेछ । 

हाल सम्म मलेसियाबाट ७ हजार ७९५ जना नेपालीहरु स्वदेश फर्किएका छन् भने मलेसियाबाट मात्रै स्वदेश फर्किनका लागि १६ हजार ८१४ जनाले आवेदन दिएका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC