site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
मलेसियासहित खाडीका ६ देशमा ७ लाखभन्दा बढीलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालसम्म विश्‍वाका २१३ देशका दुई करोड २५ लाख ५० हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जसमध्ये सात लाख ९१ हजार ७१२ जनाको कोरोना संक्रमबाट मृत्यु भएको छ भने एक करोड ३७ लाख २९ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । 

मलेसियालगायत  खाडीका ६ देशमा कोरोना संक्रमित संख्या सात ७ लाख नाघेको छ । यी देशमा अहिलेसम्म सात लाख तीन हजार ८२  जनामा कोरोना संक्रमण भएको छ । यी देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४८६ रहेको छ ।

कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चाटर्ड उडानमार्फत ३० देशबाट ५१ हजार ९६३ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३३० चार्टर्ड उडानमार्फत उनीहरू नेपाल फर्किएका हुन् । सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान सोमबारबाट स्थगित गरेको छ । 

मलेसियासहित खाडी मुलुकमा कोरोनाको अवस्था 

Global Ime bank

कुवेत 

कुवेतमा हालसम्म ७८ हजार १४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ बिहीबारसम्म ५०५ जनाको मृत्यु भएको छ भने ६९ हजार ७७१ जना कोरोना मुक्त भएका छन् । कुवेतबाट अहिले ६ हजार ३२९ जना नेपालीहरु कोरोनाको कारण स्वदेश फर्किएका छन् ।

साउदी अरब

साउदी अरबमा हालसम्म तीन लाख २ हजार ६८६ जनामा कोरोना देखिएको छ भने दुई लाख ७४ हजार ९४ जनालाई कोरोना निको भएको छ । साउदीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५०६ पुगेको छ । हालसम्म साउदीबाट ७ हजार ८१७ जना नेपालीहरु स्वदेश फर्किएका छन् । 

कतार 

कतारमा हालसम्म एक लाख १५ हजार ९५६ जनालाई कोरोना देखिएको छ भने एक लाख २ हजार ६५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाको कारण कतारमा ज्यान गुमाउनेको संख्या १९३ रहेको छ । हालसम्म कतारबाट कोरोना महामारीपछि ६ हजार नेपालीहरु स्वदेश फर्किएका छन् । 

ओमान 

ओमानामा हालसम्म ८३ हजार ७६९ जनालाई कोरोना देखिएको छ । त्यहाँ १६३ जनामा भने हालसालै कोरोना देखिएको हो । हालसम्म ओमानमा ७८ हजार ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाकै कारण ओमानमा ६०९ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ६ जनाले हालसालै मात्र ज्यान गुमाएका हुन् । कोरोनाको महामारीपछि ओमानबाट ८११ जना नेपालीहरु स्वदेश फर्किएका छन् । 

यूएई
 
यूएईमा हालसम्म ६५ हजार ३४१ जनामा कोरोना देखिएको छ भने ५८ हजार २२ जनालाई कोरोना निको भएको छ । कोरोनाकै कारण यूएईमा ३६७ जनाले ज्यान गुमाएका छन् । कोरोनाको कारण समस्यामा परेर सबैभन्दा धेरै नेपालीहरु स्वदेश फर्किएको देश यूएई हो । कोरोनाको विश्वव्यापी महामारीपछि १४ हजार ४८१ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

बहराइन

बहराइनमा हालसम्म ४७ हजार ९५० जनामा कोरोना देखिएको छ । १७९ जना जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यहाँ ४४ हजार २७८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाको कारण समस्यामा परेर ९८० जना नेपालीहरु स्वदेश फर्किएका छन् । 

मलेसिया 

हालसम्म मलेसियामा ९ हजार २३५ जनालाइ कोरोना संक्रमण भएको छ । अहिलेसम्म ८ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै १२५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । कोरोनाको महामारीपछि ७ हजार ७९५ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC