site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कतारमाथिको प्रतिवन्धले विश्वभर तहल्का, कतारबारे जान्नैपर्ने केही रोचक तथ्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । मध्यपूर्वी राष्ट्रले कतारमाथि लगाएको प्रतिबन्धले अहिले विश्वभर तहल्का मच्चाएको छ । आतंकवादी समुहलाई सहयोग गर्ने गरेको आरोप लगाउंदै कतारमाथि अहिले मध्यपूर्व सहित दक्षिण एसियाली देश माल्दिभ्स सहित ७ राष्ट्रले सम्बन्ध नै तोडेका छन् ।
पछिल्लो समय कतारमा के भइरहेको छ ? प्रतिबन्ध पछि कस्तो असर परेको छ र कतारबारे सामान्यतया नसुनिएका केही रोचक तथ्यहरु :

दैनिक हवाइ यात्रा गर्ने यात्रीलाई सास्तीः
सम्बन्ध चिसिइसकेपछि मध्यपूर्वी राष्ट्रले कतारसँगको हवाई सम्बन्ध पनि तोडेका छन्  । यसले गर्दा कतारको राजधानी दोहा आवत जावत गर्ने आप्रवासीहरुलाई वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ । केही आप्रवासीका आफन्त र परिवारका सदस्य दोहामा बस्ने गरेका छन् । दुबईबाट उनीहरुलाई दोहा गएर भेट्न वा अन्य कामको लागि ४५ मिनेटको उडान आवश्यक पथ्र्यो र उनीहरु दैनिक जसो नभए समय समयमा त्यसरी यात्रा गर्ने गरेका थिए तर अब वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महिलाको जनसंख्या भन्दा पुरुषको बढी
कतारको जनसंख्या २ दशमलव ७ मिलियन छ जसमध्ये पनि २ मिलियन त पुरुष मात्रै छन् । कतारमा अनपेक्षिकृत रुपमा बढेको जनसंख्याका कारण यो परिणाम आएको विश्लेषकहरुको दाबी छ ।

हिन्दु दोस्रो ठूलो धर्म
विभिन्न कामको खोजी र सिलसिलामा कतार पुगेका कामदारहरुको संख्या बढिरहेको समयमा नेपाल र भारतबाट त्यहाँ पुगेका कामदारहरुको संख्या बढि भएको हो । सिआइए वल्र्ड फ्याक्ट बुकका अनुसार कतारमा ६७ दशमलव ७ प्रतिशत मुसलमान छन् भने १३ दशमलव ८ प्रतिशत हिन्दु छन् र इसाइको संख्या पनि त्यति नै छ । हिन्दु र इसाइपछि बौद्ध धर्म त्यहाँको ठूलो धर्म हो । कतारको कुल जनसंख्याको ३ दशमलव १ प्रतिशत मानिस बौद्ध धर्म मान्छन् ।

Global Ime bank

लण्डनका ठूला धनाढ्य कतारमै ?
कतारका सेखहरु बेलायती राजधानी लण्डनका ठूला धनाढ्य मानिन्छन् । बेलायतको सार्ड, ह्यारोडस्, चेल्सी ब्यारेक र ओलम्पिक भिलेजमा पनि कतारी सेखहरुको स्वामित्व रहेको छ । कतारका अर्थ मन्त्री अलि सरिफ अल इमादीले बीबीसीलाई मार्चमा दिएको अन्र्तवार्तामा कतारीले करिब ४० अर्ब बेलायती पाउण्ड लण्डनमा लगानी गरिसकेको बताएका थिए । कतारले अबको ५ वर्षभित्र थप ५ अर्ब बेलायती पाउण्ड लगानी गर्ने तयारी गरिरहेको जानकारी पनि दिएका थिए ।

लोभलाग्दो तर खतरनाक व्यापार
ज्यादै कम खेतीयोग्य जमिन भएको कतार खाद्यान्नको लागि साउदीको भर पर्ने गरेको छ । आफ्नो मागको कुल ४० प्रतिशत खाद्यान्न साउदीबाट आयात गर्ने गरेको कतारले प्रतिबन्धपछि इरान र अन्य राष्ट्रबाट खाद्यान्न ल्याउने तयारी थालेको छ । प्रतिबन्ध लाग्नु पहिले गरिब कतारीहरु हप्तामा एक पटक वा दैनिक रुपमा सपिङ्कै लागि भनेर साउदी जाने गर्थे । उनीहरुको सपिङ्मा खाद्यान्नले विशेष ग्राह्यता पाउने गथ्र्यो तर अहिले भने यो क्रम रोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC