काठमाडौं । भारतीय सेनाध्यक्ष विपिन रावतले भारत आन्तरिक र वाह्य चुनौती सामना गर्न तयार रहेको बताएका छन् । भारतीय समाचारसंस्था एशियन न्यूज इन्टरनेशनलसँगको अन्र्तवार्ताका क्रममा सेनाध्यक्ष रावतले भारतीय सेना आवश्यक परेको खण्डमा दुई मोर्चाबाट युद्ध लड्न सक्ने दाबी गरेका हुन् ।
यसका साथै भारतीय सेनाध्यक्ष रावतले भारत विभिन्न दिशा र क्षेत्रबाट हुने आक्रमणको लागि तयार रहेको र भारतसँग प्रतिकुल समयलाई पनि अनुकुल बनाउने क्षमता रहेको बताएका छन् ।
“प्रधानमन्त्री मोदीले पनि भन्नुभएको थियो कि भारत र चीनको सिमानामा ४० वर्ष यता एउटा पनि गोली चलेको छैन,” सेनाध्यक्ष रावतले आफ्नो भनाइ पुष्टि गर्न भने ।
यसका साथै उनले हिमाली क्षेत्रमा युद्ध लड्नको लागि १७ स्ट्राइक कप्स् पनि तयार गरिरहेको अन्र्तवार्तामा भनेका छन् । स्ट्राइक कप्स् तयार गर्नको लागि करिब ३ वर्ष लाग्ने भएकाले यसमा केही ढिलाई भएको पनि स्वीकार गरेका छन् ।