site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । मध्य भारतको एउटा पटाका कारखानामा भएको भीषण विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ । 

यस विस्फोटमा परी बुधबार १२ व्यक्तिको मृत्यु भएको जानकारी दिइएको थियो । पछि घाइतेहरुमध्ये थप १३ जनाको मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सो विस्फोटबाट गम्भीर घाइते भएका अझै पनि सात व्यक्ति उपचारार्थ अस्पताल भर्ना भएका छन् । 

बुधबार भएको विस्फोटपछि भएको आगलागीमा जलेर अरू केही घाइते भएका र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका थिए । 

Global Ime bank

भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा सो घटना भएको ती सञ्चारमाध्यमहरूले जानकारी दिएका थिए । 

आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन । कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । 

भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू बारम्बार भइरहेको पाइन्छ । सुरक्षाको दृष्टिले पर्याप्त सतर्कता नअपनाइएकाले यस्ता दुर्घटनाहरू बेलाबेलामा हुने गरेको अधिकारीहरुको दाबी छ । रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC