site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीमा मृत्यु भएका ९५ नेपालीका परिवारलाई पठाइयो बुझ्‍न बाँकी रकम
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी मृत्यु भएका नेपालीको परिवारलाई उनीहरुले बुझ्‍न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनि पठाइएको छ । 

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै रोजगारीको सिलसिलामा मृत्यु भएका ९५ जना नेपालीहरुको परिवारलाई रकम पठाइएको जानकारी दिएको हो । 

विज्ञप्तीमा भनिएको छ, "वैदेशिक रोजगारीको सिलसिलामा आइ साउदी अरबका विभिन्‍न स्थानमा कार्यरत रहेको अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकहरुका कानुनी हकवालाहरुले प्राप्त गर्नसक्ने गरी निज मृतकहरुका सम्बन्धित कम्पनीबाट उनीहरुले बुझ्‍न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड–मनी वापत यस राजदूतावासको बैंक खातामा सम्बन्धित कम्पनीहरुबाट जम्मा भएकोले देहाय बमोजिमको रकम सा. रि. १,४५४,६८९.६१ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर गरिएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

साथै दुर्घटनामा दोस्रो पक्षको संलग्‍नता भइ साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकहरुका हकवालाको तर्फबाट साउदीका विभिन्न अदालतहरुमा गई राजदूतावासले बहस पैरवी गर्दै आएको जनाएको छ । 

तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारणले श्रृजित असामान्य परिस्थितिका कारण साउदीमा अदालतका काम कारबाहीहरु पहिलेजस्तो सञचालन भएको छैनन् । साउदीको अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाहरुको नियमित फलोअप गरिनेसमेत दूतावासले जनाएको छ । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC