site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतमा बढ्दो सडक दुर्घटना कम गर्नका लागि ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ । 
भारतमा सडक दुर्घटनाको अवस्था निकै भयानक छ । सडक दुर्घटनाको अन्त्यका लागि प्रभावकारी बनाउने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीतिको अख्तियार गरेको हो । 
एक तथ्याङ्कअनुसार भारतमा हरेक दिन कम्तीमा पनि ४०० जनाको यसरी सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । 
यसरी हेर्दा भारतमा प्रत्येक चार मिनेटमा एकजनाको सडक दुर्घटनाकै कारण ज्यान जाने गरेको छ । यो अवस्था बिगत लामो समयदेखि नै निरन्तर रहेको पनि समाचारमा जनाइएको छ । 
यस नीति अनुसार कुनै मोटरसाइकलको चालकले हेल्मेट लगाएको छैन भने उसको सवारी साधनमा पेट्रोल हाल्न नदिइने गरिएको छ । 
यस नीतिको कार्यान्वयनपछि यसरी हुने गरेका दुर्घटनामा सामान्य रुपमा कमी आएको छ । तर यसको प्रयोगपछिको अनुसन्धानबाट के कति मात्रामा यस्तो दुर्घटना घट्यो भन्ने बारेमा भने आएको छैन । 
उत्तर प्रदेशको प्रहरीले दिएको एक तथ्याङ्कअनुसार प्रत्येक बर्ष सो प्रदेशमा १७ हजार ६०० भन्दा बढीको सडक दसर्घटनाबाटै ज्यान जाने गर्दछ । 
त्यस्तै तामिनाडुमा यो सङ्ख्या १५ हजार र महाराष्ट्रमा १३ हजार रहेको छ भने कर्नाटकामा यो सङ्ख्या करिब ११ हजार रहेको छ । 
उत्तर प्रदेशमा हुने गरेका यस्ता दुर्घटनामध्ये अधिकांश मोटरसाइकलबाट हुने गरेका छन् । सोही कारण पनि यस्तो नीति मोटरसाइकललाई लक्ष्य गरेर बनाइएको बताइएको छ । 
यस्तो नीतिले जथाभावी र सडक नियमको पालना नगरी चलाउने मोटरसाइकलको बेवास्तालाई रोक्न सजिलो हुने अधिकारीहरुले बताएका छन् । 
हुनत यस्तो नीति भारतका विभिन्न राज्यमा यसअघि पनि सञ्चालनमा रहेको हो । तर त्यसको प्रभावकारीता त्यति सकारात्मक रुपमा भने देखिएको थिएन ।
पछिल्लो समय यो नीति भारतका केही राज्यले अपनाएका छन् र यसका कारण सडक दुर्घटनाबाट हुने क्षति कमगर्न र विशेषगरी मोटरसाइकलको दुर्घटना रोक्न केही सहज महसुश भएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC