site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यान्मारमा विमान दुर्घटना, १०४ को मृत्यु !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । म्यान्मारमा बुधबार बेपत्ता भएको सैनिक विमानको भग्नावशेष अन्डमान निकोबर द्वीपको समुद्रनजिकै फेला परेको छ । विमानमा रहेका १०४ जना यात्रुहरूमा कोही पनि जीवित रहने सम्भावना नरहेको म्यान्मार सरकारले जनाएको छ । एजेन्सीहरूले दिएको समाचारअनुसार मर्नेहरूमा सैनिकका परिवार र विमानको उडान दलका सदस्यहरू छन् । विमान किन दुर्घटना भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।
म्यान्मारका एक अधिकारीका अनुसार दावेइ सहरबाट १३६ मिल टाढा दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेला परेका छन् । वायुसेवाले समेत यसको पुष्टि गरेको छ । म्यान्मारका अधिकारीहरूका अनुसार बुधबार दिउँसो झन्डै एक बजेदेखि विमानसँग एयर ट्राफिक कन्ट्रोल (एटिसी) को सम्पर्क विच्छेद भएको थियो । त्यतिखेर विमान १८ हजार फिटको उचाइँमा थियो । सेनाको उक्त विमान माएक सहरदेखि यांगुनतर्फ गइरहेको थियो । विमानमा सैनिक परिवारका ९० यात्रु र १४ जना चालकदलका सदस्य थिए । विमानस्थल सूत्रले दुर्घटनाको कारण प्राविधिक हुन सक्ने जनाएको छ, किनभने त्यतिखेर मौसम एकदमै सफा थियो । 
समाचारअनुसार यसै वर्षको फरवरीमा पनि मान्मार एयरफोर्सको एउटा विमान दुर्घटनामा परेको थियो । उक्त विमानमा पाँच जना चालकदलका सदस्य थिए । यस्तै गत वर्षको जूनमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जना सैनिक अफिसरको निधन भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC