site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनको अवधिमा वैदेशिक रोजगारीमा गएका ४९४ नेपालीको मृत्यु 
Ghorahi CementGhorahi Cement

काठमाडौ । चैत्र ११ गते लकडाउन सुरु भएदेखि यता वैदेशिक रोजगारी गएका ४९४ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १५ महिला र ४७९ पुरुष छन् । सबैभन्दा बढी साउदीमा १७३ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Agni Group

साउन २३ गतेसम्मको अवधिमा मलेसियामा ९२, कतारमा ७७, यूएईमा ८३, कुवेतमा २५, बहराइनमा ११, ओमानमा २, दक्षिण कोरियामा ८ र अन्य देशहरुमा २३ जनाले विविध कारणले ज्यान गुमाएको बोर्डको विवरणमा उल्लेख छ । 

मृतकमध्ये १७२ जनाको विदेशमै अन्त्यष्टीको लागि परिवारको सहमति प्राप्त भएको तथा २४६ वटा शव नेपाल ल्याइ परिवारलाइ बुझाइएको जनाइएको छ । ७६ वटा शव व्यवस्थापन गर्न बाँकी रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

Global Ime bank

विदेशमा विभिन्‍न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ । यसअघि मृतकका परिवारले घरसम्म शव लैजानका लागि काठमाडौं आएर वैदेशिक रोजगारी बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । 

तर कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा मृतकका आफन्तजन आउनसक्ने अवस्था नहुँदा बोर्ड आफैंले शव बुझेर घरसम्मै पुर्‍याउने व्यवस्था मिलाएको हो । 

कोरोनाको कारण विदेशमा मृत्यु भएका नेपालीहरुलाई भने सम्बन्धित देशमा नै दाहसंस्कार गर्ने सरकारले निणर्य गरे अनुरुप सम्बन्धित परिवारसँग स्वीकृती लिने कार्य भइरहेको वैदेशिक रोजगारी बोर्डले जनाएको छ । 

कोरोनाकै कारण अघिल्लो सातासम्म १ सय ८९ जना विदेशमा रहेका नेपालीको मृत्यु भएको एनआरएनले जनाएको थियो ।

कसरी हुँदैछ विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार ?

 

कोरोना कहरपछि विदेशबाट ४० हजार फर्किए, ५ हजारले लिए श्रम स्वीकृति

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC