site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ । 

लन्डनका दुई वटा स्थानमा भएको यस आक्रमणमा सात व्यक्तिको मृत्यु हनुको साथै अन्य ४८ जना घाइते भएका थिए । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ । 

गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्स् (आर्इएस) आतङ्ककारी समूहले जिम्मा लिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार भएका आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् । 

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए । 

Global Ime bank

बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायतकै लन्डन ब्रिज नजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभीत भएको थियो । 

मारिनेमा थप एक फ्रान्सेली 

यसैबीच लन्डनमा भएको हमलामा परी मारिनेमा अर्का एकजना फ्रेन्च पनि परेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन एभ्स लि ड्रियनले सो बारेमा जानकारी दिएका छन् । 

आफूलाई यस घटनाले निकै नै दुःख लागेको छ कि अर्का एकजना फ्रान्सेलीको लन्डन आक्रमणबाट निधन भएको छ, उनले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन् ।  

लन्डनमा ब्रिजमा भएको हमलमा परी यसअघि नै एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो । रासस/एएफपी 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC